माओवादी केन्द्रभित्र अन्तरघातको ‘चाङ’

२०७४ माघ ५ गते, शुक्रबार

काठमाडौँ, ५ माघ । नेकपा माओवादी केन्द्रभित्र प्रतिनिधीसभा तथा प्रदेश सभा चुनावमा आफनै पार्टी उम्मेदवारविरुद्ध अन्र्तघातले चुनाव हराएको अभियोगमा दुई दर्जन नेताहरु छानविनको घेरामा परेका छन् । नेता नारायणकाजी श्रेष्ठदेखि उर्मिला अर्यालसम्म आफनै पार्टी नेताको अन्र्तघातका कारण चुनावमा पराजित हुनु परेको भन्दै सम्वन्धित जिल्लावाट केन्द्रीय कार्यालयमा उजुरी परेको छ । पार्टी नेताहरुकै ‘असहयोग र ‘अन्र्तघात’ का कारण कतिपय उम्मेदवारले चुनाव हारेको भन्दै आरोप-प्रत्यारोप हुन थालेपछि माओवादी केन्द्रीय कार्यालय वैठकले अन्र्तघात छानविन समिति वनाएको थियो ।
अनुशासन आयोगका संयोजक अमिक शेरचनको नेतृत्वमा बनाइएको छानविन समितिमा लिलामणि पोखरेल, गणेश शाह, हितराज पाण्डे र रेखा शर्मा सदस्य छन् । समितिमा करिव दुई दर्जन उजुरी परेको समितिकै एक सदस्यले जानकारी दिए । तर अझै पनि सम्वन्धित जिल्लाको सिफारिसका आधारमा छानविन समितिले तोकेको समयावधि भित्रै परेका उजुरी संक्लनका काम भईरहेकोले उजुरीको संख्या अझै वढन सक्ने संयोजक अमिक शेरचनले जानकारी दिए । ‘कलेक्सनकै चरणमा छौं, ठ्याक्कै यति नै संख्या भनेर भन्न सकिदैन, तर छानविन समितिले निश्चित समयभित्र उजुरी दिन सकिने गरि छुट्टाईएको मितिमा सम्वन्धित जिल्लाको सिफारिसका आधारमा अझै पनि प्रदेश कार्यलय हुदै समितिमा उजुरी आउने क्रम जारी नै छ,’ शेरचनले भने ।
छानविन समितिले २८ पुससम्म अन्र्तघातका सन्र्दभमा छानविनको लागि सम्वन्धित जिल्ला, प्रदेश र केन्द्रीय कार्यालयमा उजुरी दिन सकिने गरि समायवधि तोकेको थियो । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई केन्द्रीय नेताहरुकै निर्देशनमा जिल्लाका नेताहरुले चुनावमा ‘अन्र्तघात’ गरेको उजुरी समितिमा परेको छ । उनी गोरखा –२ वाट प्रतिनिधीसभा चुनावमा नयाँ शक्तिका संयोजक तथा पूर्व प्रधानमन्त्री डा। वावुराम भट्टराईसँग पराजित हुन पुगेका थिए । त्यस्तै, महिला नेतृ उर्मिला अर्याल पर्सा ४ वाट चुनाव पराजित हुन पुगेकी थिइन् । उनलाई नेता जालिम मिया लगायतले असहयोग गरेर चुनाव हराउन भूमिका खेलेको उजुरी केन्द्रीय कार्यालयमा परेको छ । उनलाई निर्वाचनमा पराजित गराउन रौतहटका माओवादी नेताहरुसम्म ‘प्रयोग’ भएको उजुरी छानविन समितिमा परेको छ । छानविन समितिले उजुरी खोलि नसकेका कारण अन्य कुन –कुन नेताहरुका विरुद्धमा उजुरी परेको समिति सदस्य नै वताउन सक्ने अवस्थामा छैनन । ‘ठ्याक्कै यो उम्मेदवारलाई हराउन यो नेता कार्यकर्ताले भूमिका खेले भन्ने अहिल्यै वताउन सकिन्न, तर पनि अन्र्तघातका कारण चुनाव हारेको भन्ने उजुरीहरु छन्,’ समितिका सदस्य तथा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले भने, – ‘उजुरी कलेक्सनको काम अहिले भईरहेको छ, त्यसपछि छाननिवको प्रक्रिया अगाडी वढाउने तयारी हुदैछ, त्यसपछि मात्रै भन्न सकिएला ।’
माओवादीको छनविन समितिमा एमाले उम्मेदवारले समेत उजुरी दर्ता गराएका छन् । रौतहट क्षेत्र नम्वर २ का प्रतिनिधीसभा उम्मेदवार मो. मुस्ताक आलम र सोही निर्वाचन क्षेत्रका प्रदेश सभा (क) का उम्मेदवार शैलेन्द्य्र शाहले आफुहरु माओवादी ‘अन्र्तघात’ का कारण चुनाव हारेको भन्दै छानविन गरि कारवाही गर्न माग गदै उजुरी दर्ता गराएका छन् । उक्त क्षेत्रको प्रतिनिधीसभा तथा प्रदेश सभाका दुवै क्षेत्रका उम्मेदवारले संयुक्त रुपमा हस्ताक्षर गरि माओवादीका पूर्व सांसद अशोक जैसवालमाथी कारवाही माग गदै उजुरी दर्ता गराएका हुन् । ‘प्रतिनिधीसभा तथा प्रदेशका दुवै क्षेत्र माओवादीका नेता अशोक जैसवालको अन्र्तघात र असहयोगका कारण हारियो, त्यसको छाननिव र कारवाहीको माग गदै उजुरी दिएका हौं,’ प्रदेश ९क० का उम्मेदवार शाहले भने । उजुरीमा जैसवाललाई कारवाही गरि अवको पार्टी एकतामा कुनै पनि पदीय जिम्मेवारी नदिन आग्रह गरिएको छ । रौतहट माओवादी जिल्ला कार्यलय मार्फत उनीहरुले उजुरी दर्ता गराएका हुन् । उनको उजुरी माओवादीको रौतहट जिज्ल कमिटिले प्रदेश कार्यलय हुदै केन्द्रीय कार्यालयमा पठाएको छ । त्यसो त उनीहरुले एमाले कार्यलयमा पनि छानविनको माग गदै उजुरी वोधार्थ दिएका छन् । माओवादी नेता जैसवालले शुरुमा चुनावी प्रचारमै असहयोग गरेको र पछि ३० लाख रुपैया ब्यक्तिगत रुपमा उम्मेदवारसाग माग गरेको उजुरीमा उल्लेख छ ।
अन्र्तघात छाननिव समितिले यो वीचमा दुई पटक वैठक वसेर छानविन कार्यविध भने तयार पारेको छ । समतिका अर्का सदस्य तथा माओवादी नेता गणेश शाहले उजुरी छानविनका लागि ५ ओटा मापदण्ड वनाईएको छ । उनका अनुसार, संगठित रुपले चुनावमा अन्र्तघात गरेको, पदमा वसेर पदीय आचरण विपरित अन्र्तघात गरेको, पैसा लिएर भोट विक्रि गरेको जस्ता अन्र्तघात पहिचान गरेर सोही आधारमा छानविनको मापदण्ड समितिले वनाएको छ ।
‘आन्तरिक प्रक्रियाका आधारमा के–कसरी छानविन गर्ने भन्ने कार्यविधी वनेको छ,’ समिति सदस्य पोखरेलले भने, –‘वयान लिने, कसरी अनुसन्धान गर्ने, आरोप प्रमाणित कसरी गर्ने भन्ने जस्ता प्रक्रिया लाई केन्द्रीत रहेर कार्यविधि वनाएका छौं,’ पोखरेलले भने । उनका अनुसार, समितिले माघ भित्रै उजुरीको छानविन गरि केन्द्रीय कार्यालयलाई छानविनको रिपोर्ट वझुाउने तयारी छ ।
माओवादीले आन्तरिक पार्टी जिवनमा केन्द्रीत रहेर अन्र्तघात छानविन गर्न समिति वनाएपनि अन्तरपार्टी अन्तरघातको उजुरी समेत समितिमा परेपछि त्यसको छानविन गर्ने-नगर्ने भन्नेमा समिति आफै अन्यौलमा छ । रौतहट– २ का एमाले उम्मेदवारहरुले माओवादी नेताका अन्र्तघातका कारण चुनाव हारेको भन्दै छानविन गर्न माओवादीमा उजुरी दिएपछि उक्त उजुरी छानविन गर्ने-नगर्नेमा समिति अन्यौलमा परेको हो ।
उजुरी छानविनका लागि वनाईएको कार्यविधीमा आन्तरिक पार्टी भित्रको छानविनलाई मात्र जोड दिएएको कारण त्यसरी उजुरी परेको भए छानविन नहुने कार्यदखल सदस्य पोखरेलले वताए । ‘पार्टीभित्रै निर्वाचन सम्वन्धमा भएको अन्र्तघातको छानविनको लागि समिति गठन भएको हो, पोखरेलले भने, –‘तर अन्तरपार्टी अन्तरघातका सन्र्दभमा यो समितिले छानविन गदैन, त्यस्तो उजुरी आएको भए दुई पार्टीका शीर्ष नेताहरुको मूल्यांकनका आधारमा हुन्छ ।’
तर संयोजक शेरचनले भने उजुरी कलेक्सनकै क्रममा भएकोले त्यसै भन्न नसकिने वताए । उनले उजुरी आएको भए के कसरी निरुपण गर्ने भन्नेमा भने समितिभित्र छलफल गरेर ठोस योजना वनाइने वताए । ‘त्यस्तो उजुरी आएका छन्, छैन हामी भन्न सक्दैनौं, तर आएको रहेछ भने के गर्ने छलफल गरेर निर्णय लिन्छौं,’ शेरचनले भने ।- अन्नपूर्ण पोष्ट दैनिकवाट

प्रतिक्रियाहरु