माओवादी केन्द्रको केन्द्रीय सचिवालय गठन

२०७३ जेष्ठ १० गते, सोमबार

काठमाडौ, १० जेठ । नेकपा माओवादी केन्द्रको पहिलो बैठक कार्यविभाजन र पार्टीको आन्तरिक तथा वाह्य कार्यक्रमको बारेमा छलफल गरी टुंगिएको छ । एकीकरणपछि बसेको पहिलो बैठकमा अध्यक्ष प्रचन्डले प्रतिवेदन पेश गरी पछिल्लो राजनीति र अबको कार्यभार बारेमा सदस्यहरुलाई प्रष्ट पारेका छन । बैठकले नौ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । जसमा अध्यक्ष्ँ प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, देव गुरुङ, जयपुरी घर्तिमगर, कृष्णबहादुर महरा, मातृका यादव, मणि थापा र तिलक परियार सहभागी छन् । त्यसैगरी बैठकले प्रवक्तामा पम्फा भुसाललाई जिम्मेवारी दिएको छ । बैठकपछि प्रवक्ता भूसालले जनतासँग सम्बन्ध सुधारका लागि सिङगो पार्टीको ध्यान केन्द्रीत गरी विभिन्न चरण सबै क्षेत्रमा एकता गर्दै जाने जानकारी दिइन । माओवादी केन्द्रको बैठकले सात प्रदेश, जिल्ला र स्थानीयस्तरसम्मै भेला गर्दै गएको बताइन ।
बैठकले ९ केन्द्रीय कार्यालय टिम, ५१ सदस्यीय सचिवलाय, १ सय ५१ सदस्यीय पोलिट्ब्यरो, ६ सय ९९ महाधिवेशन आयोजक समिति निर्माण गरेको छ । त्यस्तै जेठ २२ गते ३ प्रदेशको राजधानीमा, २२ गते २ प्रदेशको बर्दिवासमा, २४ गते ४ प्रदेशको पोखरामा, २६ गते ५ प्रदेशको दाङ, २८ गते ६ प्रदेशको सुर्खेत र असार ८ गते ७ प्रदेशको कैलालीमा भेल गरिने भएको छ ।
केन्द्रले असारको पहिलो साता राजधानीमा जनप्रदर्शन गर्ने भएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु