माओवादी कार्यकर्ताको घरमा प्रहरीको छापा

२०७३ असार १४ गते, मंगलवार

काठमाडौँ, १४ असार । कालिकोट जिल्लामा कर्णालि रोजगारका इन्जिनियर जनक रोकायलाई कालोमोसो दलेर कार्वाही गरेपछि माओवादी कार्यक्रताको घरमा गएराति खानतलासि गरिएको छ । गिरफ्तार परेका फुकोटका माओवादी केन्द्रिय जनपरिषद सदस्य कर्ण बहादुर भण्डारी,जिल्ला सचिव लोकजङ्ग शाही लगायतको घरमा प्रहरीले छापा मार्दै खानतलासि गरेको छ । सिपखानाका लोकजङ्ग शाहीको कोही नभएको मौका पारी रातभर छापा मारेर विहान खानतलासि गरेको स्थानियले बताएका छन भने फुकोटका कर्ण भण्डारीको घरमा पनि छापा मारेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
गएको तिन महिना देखि बन्द भएको घरमा प्रहरीले छापा मारेर आफ्नो नांगो चरित्र देखाएको लोकजङ्ग शाहीको परिवार सुनिता बमले बताएकी छन । उनका अनुसार भष्ट्राचार गर्ने इन्जिनियर माथि कार्वाही गर्नुको सांटो उल्टै निर्दाेश कार्यक्रतालाई खोज्दै हिड्न गलत कार्य भएको बताएकी छन ।
इन्जिनियर रोकायले किटानि दिएका पांच माओवादी कार्यक्रतालाई प्रहरीले खोजि रहेको छ । कालीकोटमा विभिन्न समयमा जनतालाई दुःख दिएर कमिशन खाने गरेको भष्ट्राचारीहरुलाई कार्वाही जारी राख्ने माओवादीले जनाएको छ । जिल्लामा माओवादीको क्रियाकलापको विभिन्न राजनैतिक दलहरुले निन्दा गरेका छन भने भष्ट्राचार गर्नेहरु भने आत्तिएका छन । अषाढ मसान्तको समयमा विभिन्न योजनाहरु सम्पन्न हुने समयमा जिल्ला विकास समितिका कर्मचारीहरुले अड्को थाप्ने काम गर्दै सेवाग्राहीहरुका काम रोकी दिने गरे पछि सेवाग्राहीहरु मर्कामा परेका छन । – रुपेन्द्र ऐडी

प्रतिक्रियाहरु