माओवादी एम्बुसमा बटालियन कमान्डर

२०७३ माघ २ गते, आईतवार

काठमाडाैँ, २ माघ । माअाेवादीको एम्बुसमा परी सेनाकाे कोब्रा बटालियन विशेष फोर्सका दुई कमाण्डरसहित ६ जनाकाे अवस्था गम्भीर घाइते भएका छन् ।
स्थानीय चुनाव बहिस्कार गरिरहेकाे भारतीय माअाेवादीले झारखण्ड राज्यको लाथेर जिल्लामा माओवादीविरुद्ध कम्बिङ अप्रेसनकाे नेतृत्व गरिरहेका उक्त फाेर्सका दुई सहकमाण्डर एम्बुसमा पारेका हुन् । एम्बुसमा परेर अन्य चार जनाकाे पनि अवस्था गम्भीर रहेकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लाथेरको बुढा पाहाड भन्ने ठाउँमा भएको यो घटनाका घाइतेहरूलाई हेलिकप्टरद्वारा उद्धार गरेर राँची अस्पताल पुर्याइएको छ ।
सो क्षेत्रमा एकै दिन भएका तीनओटा एम्बुसका घटनाबारे पूर्ण समाचार सरकारले बाहिर ल्याएको छैन र सरकारका तर्फबाट थप फोर्स त्यहाँ पठाएर कम्बिङ अप्रेसन जारी रहेको मात्र जानकारी दिइएको छ ।
यसैबीच जनमेल अनलाइनका अनुसार माओवादीहरूको कब्जामा परेका भारतको मलकानगिरी जिल्लामा स्थानीय निर्वाचनको तयारीमा गएका चारजना चुनाव अधिकारीहरूलाई जनअदालतमा उभ्याएर राजनीतक प्रशिक्षण दिएर कबोल्नामासहित सकुशल घर पठाएका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु