माओवादी आक्रमणबाट भारतमा १५ को मृत्यु

२०७० चैत्र ३० गते, आईतवार


काठमाडौं ,३० चैत । भारत छत्तिसगढमा माओवादीले शनिबार गरेको दुई आक्रमणमा १५ को मृत्यु भएको छ । मारिएकामा सेन्ट्रल पुलिस रिजर्भ फोर्स (सीआरपीएफ) का ६ जवान, ७ मतदान कर्मचारी, १ एम्बुलेन्स चालक र १ स्वास्थ्यकर्मी छन् ।पहिलो आक्रमण बिजापुर जिल्लामा चुनाव कर्मचारीलाई लक्षित गर्दै भएको थियो, जसमा ७ मारिए । करिब एक घन्टापछि बस्तर जिल्लामा सुरक्षाकर्मी चढेको एक एम्बुलेन्सलाई लक्ष्य गर्दै माओवादीले विस्फोट गराएका थिए । त्यस घटनामा सीआरपीएफका ६ जवान, एम्बुलेन्स चालक र एक स्वास्थ्यकर्मीको मृत्यु भएको हो ।प्रहरी प्रवक्ता दिपांश काबराका अनुसार चुनाव कर्मचारी चढेको बस र सुरक्षाकर्मी सवार एम्बुलेन्स माओवादीले सडकमा बिछ्याएको विद्युतीय धरापमा परेका हुन् । निर्वाचनमा परिचालित कर्मचारी र सुरक्षाकर्मी फर्किने क्रममा माओवादीको निसानामा परेका हुन् ।- एजेन्सी

प्रतिक्रियाहरु