माओवादीहरूको एकतावारे – हुकुमबहादुर सिंह

२०७१ आश्विन ११ गते, शनिबार


अहिले फेरी एक पटक माओवादीहरूको बीचमा एकताको चर्चा सुरू भएको छ । खासगरी जव एमाओवादी अध्यक्ष प्रचण्डले नेकपा-माओवादी अध्यक्ष किरणलाई पार्टीएकताका निम्ति औपचारिक रूपले पत्र लेखे । हुनत गत बैशाखमा नेकपा-माओवादीको पोलिट व्यूरोले एमाओवादीस“ग एकताका लागि ६ वटा बूदा अगाडि सारेको थियो । करिब ५ महिना कानमा तेल हालेर बसेका प्रचण्डले यो समय त्यसको प्रतिउत्तरका लागि किन छाने – भन्ने सवाल पनि नउठेका होइनन् । तै पनि उनले आफ्नो पत्रमा भनेका छन् ‘तपाईहरूले एकताका निम्ति प्रस्तुत गरेका बू“दाहरूमा अभिव्यक्त विचार र भावनामा हाम्रो पार्टीैद्धान्तिक रूपले सहमत रहेको छ ।’
प्रचण्डका यी अभिव्यक्तिले ती दुइ माओवादी पार्टीीच एकताका लागि सैद्धान्तिक गा“ठो केही खुकुलो बनाएको छ । तै पनि एकतास“गै वा एकताभन्दा पहिले ती दुइमा अर्को विभाजन पनि नहोला भन्न सकिने आधार त्यति बलियो छैन् । किनभने माओवादीहरूमा व्यक्तिवाद, अर्थवाद र श्रद्धावाद, यी तीन थरी वादहरूले बलियो गरी जरा गाडेको छ र यसले क्रान्तिकारिताको नाममा ती पार्टीीत्रका केहीले अर्को समूहको घोषणा गर्दै आफ्नो छुट्टै जमिन्दारी कायम गर्न नखोज्लान भन्न सकिदैन् । माओवादीहरू, चाहे ती जुन सुकै नामका होउन, तीनका नेता तथा कार्यकर्ताको आपसमा घृणा कम, आत्मीयता, सौहार्दता र राम्रो भाइचाराको भावना प्रबल छ । त्यसैले प्रचण्डमाथि र किरणमाथि दुवै पार्टी नेता तथा कार्यकर्ताहरूको एकताका लागि ठूलो दवाव छ । बरू वैदेशिक प्रतिक्रियावादी र घरेलु दलाल तथा नोकरशाहाहरूका लागि यी दुइको एकता टाउको दुखाई अवश्य छ ।
हुन त बेलाबेलामा पानीको फोका झै आउने र हराउने प्रचण्ड प्रवृतिले सबै माओवादीमा विश्वासको सङ्कट त छ नै । तै पनि अहिले उठेका यी चर्चा परिचर्चालाई मार्क्सवादी दृष्टिकोणमा विश्लेषण गर्ने हो भने एउटै प्रश्नलाई केन्द्रमा राखेर बहसलाई अगाडि बढाउन आवश्यक छ र त्यो भनेको नेपालमा विभिन्न समूहमा विभाजित माओवादीहरू फेरी एक पटक एउटै माओवादी पार्टीीन्न किन अवश्यक पर्यो – यो प्रश्नको उत्तर खोज्नका लागि विश्व कम्युनिष्ट आन्दोलन खासगरी लेनिन र प्लेखानोवका भिन्ना भिन्नै दृष्टिकोणवारे बहसको आवश्यकता छ । किनभने अहिले माओवादीहरूबीचको एकतावारे पार्टीीत्र यी दुइ प्रवृतिहरू पाइन्छन् । पार्टीएकता र विभाजनवारे प्लेखानोव भन्दछन्ः “पार्टी फुट हुनुभन्दा त बरू आफ्नै टाउकोमा गोली हान्नु बेश हो ।” यो दृष्टिकोण भएका नेता तथा कार्यकर्ताको ती दुवै माओवादीमा बलियो पकड छ । यद्धपि यो मार्क्सवादी नभई भावनात्मक र अधिभूतवादी दृष्टिकोण हो । यसलाई अझ स्पष्ट पार्दै प्लेखानोवले भनेका छन् “फुटबाट बच्नका लागि कहिले कांही संशोधनवादी, ढूलमूल र अराजकतावादीहरूलाई छुट दिनु आवश्यक हुन्छ । तर लेनिनले प्लेखानोवका उल्लेखित भनाई” फुटबाट बचाउनका लागि अवसरवादीहरूलाई छुट दिने नीतिलाई “छुट परस्तता” भनेका छन् । सायद अहिले माओवादीहरूभित्र पनि एकतावारे यी दुवै प्रवृति र चिन्तन देखिनु स्वाभाविक छ ।
माओवादीहरू विभाजित भएर क्रान्ति र परिवर्तनका लागि खासै उल्लेखनीय र ठोस काम कतै बाट हुन नसकिरहेको अवस्थामा र ‘क्रान्तिकारी माओवादी’ हौ भन्नेहरूमा पनि व्यक्तिवाद, अर्थवाद र अराजकतावादी चिन्तन प्रवृतिले राज्य गरिहेको अवस्थामा र खासगरी क.पोष्टबहादुर बोगटी -दिवाकर)को असामयकि मृत्युको यो भावनात्मक अवसरमा प्रचण्डबाट आएका पार्टीकतावारेको धारणा सायद सबैका लागि स्वागतयोग्य त छ नै र यसलाई बेलैमा तर हतार नगरी सम्वोधन गर्न पनि आवश्यक छ । अन्यथा यसले एमाओवादी र माओवादी दुवैमा काफी अन्योलको वातावरण पैदा गर्ने छ । एमाओवादी र माओवादी दुवैले के कुरालाई ध्यानमा राख्नु आवश्यक छ कि यी दुवैले उठाएको झण्डा दीघकालिन चरित्र भएको क्रान्तिकारी आन्दोलनको झण्डा हो । यो संसद्वादको दलदलमा निर्वाचनमा भाग लिएर सरकार वनाउने आन्दोलन होइन् । यो समग्र र निरन्तर क्रान्तिको झण्डा हो । त्यसकारण यसलाई सही प्रकारले समाधान गर्ने नै ती दुवै पार्टी प्रयत्न हुनु पर्दछ । प्लेखानोवले भनेझै भावुक भएर विचार गर्ने, विभाजित पार्टीीई एकतावद्ध गर्न सबै खाले अवसरवादीहरूलाई छुट दिने र विगतमा पार्टीीकन विभाजित हुनु परेको हो, त्यसका सही कारणहरू पत्ता लगाएर निदान गर्ने भन्दा उपरी प्रकारले सम्झौता गरेर कायम गर्ने एकता कृतिम, कमजोर र अस्पष्ट हुन्छ र त्यो पार्टी क्रान्तिका व्यापक हितहरूका विपरित हुन्छ । यसरी गरिने एकताले भविश्यमा झन ठूलो विष्फोट र फुटलाई जन्म दिने छ । त्यो भन्दा पनि अहिले नै एकताभन्दा अगाडि ती दुवै पार्टीी क्रान्तिकारीताको लेपनमा विभाजन हु“दैन् भन्ने आधार त्यति बलियो देखिएको छैन् । अहिले ती दुवै पार्टर्ीी गैर र्सवहारा दोष र कमिकमजोरीको बलियो पकड छ र साथै पार्टीी क्रान्तिप्रति इमान्दारीता र र्समर्पणको भावना भएका हजारौ नेता तथा कार्यकर्ताको पनि कमि छैन् । खासगरी माओवादीहरूले र्सवहारा वर्गका हितहरूसित मेल नखाने निम्नलिखित गलत र भ्रामक विचारहरू जो विगतमा र अहिले पनि कायम छन्, तीनका विरूद्ध सम्झौताहिन संर्घष्ाको आवश्यकता छः प्रथम पार्टीी महान् हितहरूभन्दा व्यक्तिगत स्वार्थ र महत्वाकांक्षाहरूका पक्षमा पार्टीी नीतिहरूलाई गलत दिशामा मोडने प्रयत्न गर्नेहरू र द्धितीय क्रान्ति र पार्टीीवरोधी दुश्मन वा विरोधीहरूले पार्टीीई योजनावद्ध र सुनियोजित तरिकाले गैर क्रान्तिकारी दिशामा लैजाने प्रयत्नमा सहयोगी बन्नेहरू ।
संविधान निर्माणको नाममा नेपाल अहिले एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको क्रिडास्थल बन्दै छ । वर्तमान संविधानसभाले त्यसैलाई स्थापित र विकासका लागि लाहाछाप लगाउने सिवाय नेपाल नेपालीको पक्षमा खासै काम गर्नेवाला छैन् स्पष्ट बन्दै छ । त्यसैले नेपालमा माओवादीहरूको एकताको आवश्यकता छ, जसले नेपालका कम्युनिष्ट तथा प्रगतिशील र देशभक्त शक्तिहरूलाई गोलवन्द गर्दै यहा“का एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूका विरूद्ध धावा वोलोस ।
नेपालको राजनीतिमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको नेतृत्व सधैभरी नेपाली का“ग्रेसले गर्दै आएको छ । नेपालको सत्ता-सेना, अदालत, प्रहरी र प्रशासनतन्त्रआदिमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको वर्चश्व भएकाले नेपाली का“ग्रेस सरकारमा भए पनि वा नभएपनि उसको हातमा सत्ता कायम रहिरहन्छ । पछिल्ला वर्षरू, खासगरी २०४७ सालपछि नेकपा एमालेको नेतृत्वमा -यद्धपि उसले आफूलाई कम्युनिष्ट भन्न छाडेको छैन्) एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको वर्चश्व बढदै गएकाले, अब उसलाई स्विकार गर्न नेपालको सत्तालाई कुनै समस्या नपर्ने देखिएको छ । नेपालको सत्ता राजनीतिको यो समग्र गोलचक्करभित्र पस्न लालायित देखिएका नेपालका स्वघोषित केही मार्क्सवादी बुद्धिजीवीहरूले नवउदारवादतर्फआफूलाई आकषिर्त गर्दै पनि गएका छन् । तर उनीहरूले एमालेलेजस्तै मार्क्सवादको खोललाई पनि संगै लैजाने र एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादसंगको लगनगा“ठो पनि कायम राख्दै जाने र त्यसकै सत्ताभित्र रमाउन चाहने र नेपालमा एकाधिकार दलाल तथा नोकरशाही पु“जीवादीहरूको सत्ता झन बलियो बनाउने, अनि तिनका लागि यस्तो केन्द्रको आवश्यकता पर्दछ भन्ने स्पष्ट छ । त्यसकारण नेपालका कम्युनिष्टहरू, जो र्सवहारा क्रान्तिका लागि प्रतिवद्ध छन् उनीहरूको पहिलो काम नेपालको राज्यसत्ता-सेना, अदालत, प्रहरी र कर्मचारीतन्त्रलाई कसरी देश र जनताको पक्षमा रूपान्तरण गर्ने भन्ने सवालले महत्व राख्दछ । यो उनीहरूका लागि अहम् प्रश्न हो र त्यसकै लागि नेपालमा माओवादीहरूको एकता आवश्यकता छ । यहि सेरोफेरोमा एमाओवादी अध्यक्ष प्रचण्डको एकता प्रस्तावको स्वागत गरिनु पर्दछ । र नेकपा-माओवादीबाट पनि त्यसका लागि सकारात्मक पहलको आवश्यकता छ । साथै अन्य मालेमावादीहरूलाई पनि त्यस दिशामा अग्रसर गराउन आवश्यक छ ।

प्रतिक्रियाहरु