माओवादीले बुटवलमा विशाल आमसभा गर्ने

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौँ । नेकपा माओवादीले असोज २० गते बुटवलमा बृहत आमसभा गर्ने भएको छ । अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहको अवसर पारी माओवादीले बुटवलमा र्यालीसहित आमसभा गर्ने जिल्ला पार्टीले जानकारी दिएको छ । आमसभामा स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, पोलिट्व्यूरो सदस्य उमा भूजेल, केन्द्रिय सदस्य, जवस मोर्चा प्रमुखहरुको समेत उपस्थित रहने बताईएको छ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ स्थित पार्टी कार्यालय ‘रातो घर’मा हुने कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरुले समेत सम्बोधन गर्नुहुने छ ।
कार्यक्रममा झण्डै दुई हजारभन्दा धेरै नेता कार्यकर्ता बुटवल ल्याउने तयारी गरेको बताइएको छ । पछिल्लो समय आम जनतामा भएको प्रतिक्रान्तिलाई नेकपा माओवादीले गरेको व्याख्या र विश्लेषण, साथै अव माओवादीले के गर्छ ?
जनताका हक र अधिकार प्राप्तीको लागी माओवादीले अपनाएको एकिकृत जनक्रान्ति भनेको के हो ? देशमा भएको संविधान निर्माणपछि शान्ति प्रक्रियाको भंग ? संविधान निर्माणपछि देशमा देखिएको अराजनीतिक गतिविधि, सत्ता स्वार्थको राजनीतिक खेल, भारतले अघोषित रुपमा गरेको नाकावन्दी लगायतका विषयमा पार्टीको धारणाहरु राख्ने कार्यक्रम रहेको स्रोतले बताएको छ ।
संविधान बनेपछि शसस्त्र विद्रोहको निती लिएको नेकपा माओवादीले के गर्ला भन्ने विषयमा चौतर्फी जिज्ञासा बढिरहेको बेला पार्टीले आफ्नो धारणा तथा एकिकृत जनक्रान्तिलाई आधारमान्दै नेपाली मौलिकतामा क्रान्तिलाई अगाडी बढाउने पार्टीको आधिकारीक धारणसमेत सार्वजनिक ठाउँमा राख्दैछ ।
पार्टी पुर्नगठनको झण्डै एक वर्षको अन्तरालमा पार्टीले पौष ११ गते माओ दिवसको अवसर पारी सार्वजनिक रुपमा धारणाहरु पेश गरेको थियो । त्यस्तै भुकम्पको उद्दारपछाडी आफूहरुले गरेको कामलाई पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै सार्वजनिक कार्यक्रम ग-यो ।
त्यस्तै नेपालको भूमि लिपुलेकमा भारत र चीनले गरेको मनोमानीको विरुद्ध तथा भूकम्पको बेलामा राहत सामग्रीमा भएको भ्रष्टचारको विरुद्धमा तथा १६ बुँदे राजनीतिक सहमतिले प्रतिक्रान्ति भएको भन्दै राजधानीकेन्द्रित खुला कार्यक्रम गरेको थियो । राजधानीबाहिर पहिलोपल्ट आमसभा गर्न लागेको हो ।
पछिल्लो पटक बसेको केन्द्रिय समितिको बैठकले उपव्यूरो स्तरीय आमसभा तथा प्रशिक्षण कार्यक्रम अन्तर्गत रहेर लुम्बिनी उपव्यूरो अन्तर्गतको आमसभाको कार्यक्रम बुटवलमा गर्न लागिएको हो । त्यस्तै अन्य उपव्यूरोहरुको समेत कार्यक्रमहरु तय भईसकेको स्रोतले बताएको छ ।
आमसभा कार्यक्रमलाई प्रभावकारि बनाउनको लागी बुटवल बजार -यालिको कार्यक्रम गरिने र पार्टी कार्यालय ‘रातो घर’ नजिक -यालिलाई सभामा बदल्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । – शिव डुम्रे

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु