माओवादीले जनकारबाही थाल्यो

२०७१ माघ ६ गते, मंगलवार

काठमाडौं । नेकपा माओवादीले जनकारबाही थालेको छ । माओवादीको पहिलो जनकारबाहीमा ललितपुरको ग्यार्कोस्थित हिमाल ग्याँस परेको छ । कृतिम ग्यास अभाव सिर्जना गरेको भन्दै सोमबार साझ ६ बजेतिर २ सयभन्दा बढिको संख्यामा गएका माओवादी कार्यकर्ताले ग्याँसको गोदाममा छापा मारेका थिए ।हिमाल ग्यासको गोदाममा पुगेका उनीहरुले लुकाएर राखिएका ५० भन्दाबढि ग्याँस सिलिण्डर सर्वसाधारणलाई बाँडेका थिए । ग्याँसको कृतिम अभाव सिर्जना गरी जनविरोधी कार्य गरेको, दलाल पूँजी भित्रयाएर राष्ट्रिय अर्थतन्त्रमा प्रतिकुल प्रभाव पारेकोले सांकेतिक कार्वाही गरेको माओबादीले छोडेर गएको पार्चामा उल्लेख गरिएको छ ।
नेकपा माओवादीको नाममा प्रकाशित उक्त पर्चामा नन्दन कुमार मालिक रहेको उक्त ग्याँसमाथिको कार्वाहीलाई सांकेतिक भएको उल्लेख गरिएको छ । आफ्नो मुख्य निसाना दाललमाथि केन्द्रीत गरेको नेकपा माओवादीको यो पहिलो जनकार्वाही हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु