माओवादीलाई चिढाउनु घातक: किरण

२०७१ बैशाख ५ गते, शुक्रबार


काठमाडौ। नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले द्दवन्दकालीन घटना ब्युँताएर दुबै माओवादीलाई चिढाउनु देशकै लागि घातक हुने चेतावनी दिएका छन् ।शुक्रवार बिहान दाङको घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष किरणले जनयुद्धको नेतृत्व गरेर आएका दुबै माओवादीलाई संविधान निर्माण प्रकृयामा भुमिका विहिन वनायर संविधान नबन्ने बताए । यदि वनिहाले पनि त्यसले द्दवन्द सामाधान गर्न नसक्ने वताए ।
यो संविधान सभामा यथास्थितीवादी शक्तिहरुको दुई तिहाई बहुमत भएकोले एकीकृत माओवादी संसदमा रहनुले कुनै असर नपर्ने टिप्पणी गरे ।
अध्यक्ष किरणले एनेकपा माओवादीले आफ्नो सुधारवादी कार्यदिशा नसच्यायसम्म पार्टी एकता सम्भव नरहेको वताए । यसै प्रसंगमा वहांले बाबुराम भट्टराईले निकालेको तेस्रो शक्तिको कुरालाई पलायनवादी सोंचको उपज भएको टिप्पणी गरे ।

प्रतिक्रियाहरु