माओवादीमाथि प्रहरी दमन

२०७२ असार ९ गते, बुधबार

काठमाण्डौं , ९ असार । नेकपा माओवादी निकट देशभक्त जनवादी संघीय गणतान्त्रिक मोर्चाले शान्ति बाटीकामा लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने भारत र चीनबीच भएको सहमतिको विरोधमा गरेको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले काठमाडौंको सुन्धाराबाट माओवादीका करिब २० जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी हस्तक्षेपमा परी माओवादी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका सयोजक योगेन्द्र कुमाल सहित दर्जनौ माओवादी कार्यकर्ताहरु घाईते भएका छन् । घाईते मध्य केहीको बीर अस्पतालमा उपचार भईरहेको छ । साथै प्रहरीले देशभक्त मोर्चाका अध्यक्ष सहित २८ जना माओवादी नेता कार्यकर्ताहरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५ जना महिला रहेको मोर्चा अध्यक्ष तिलक परियाले जानकारी दिए । पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
गत मे महिनामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा दुवै देशबीच नेपाली भूमि लिपुलेकमा व्यापारीक केन्द्र बनाउने सहमति भए पछि माओवादीले त्यसको विरोध गर्दै आएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु