माओवादीद्वारा २४ वटा ट्रकमा आगजनी

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौं, ९ साउन । भारतको झारखण्ड राज्यमा माओवादीले २४ वटा ट्रकमा आगो लगाएका छन् । झारखण्डको बोकारो जिल्लामा रहेको सेन्ट्रल कोलफिल्ड्स लिमिटेड सिसिएल परियोजनाको ट्रकमा माओवादीले आगो लगाएका हुन् ।कोइला ढुवानीका लागि प्रयोग गरिएका ट्रकमा माओवादीले आगो लगाएको प्रहरीले जनाएको छ ।१२ जनाभन्दा बढीको समूहमा आएका माओवादीले ट्रकमा आगो लगाए पनि ट्रकका चालकलाई भने केही नगरेको प्रहरीले जनाएको छ ।ट्रकमा आगो लगाएपछि भागेका माओवादी समूहविरुद्ध कारबाही अभियान थालिएको त्यहाँको प्रहरीले बताएको छ । – एजेन्सी

प्रतिक्रियाहरु