माओवादीद्वारा २३ विगाह जग्गा कब्जा

२०७१ माघ १३ गते, मंगलवार

काठमाडौँ । नेकपा माओवादीले बाराको मनहर्वा–९ लामिडाँडास्थित विनयराज पाण्डेको २३ विगाह जग्गा कब्जामा लिएको छ । ‘यो जग्गा कोही कसैले खरिद बिक्री गर्न पाउने छैन’ शुक्रबार राति पाण्डेको जग्गामा टागिएको बोर्डमा लेखिएको छ, ‘यदि कसैले खरिद बिक्री गरेमा सुकुम्बासी ढारा सशक्त प्रतिकार गरिनेछ ।’ कब्जा गरिएको जग्गामा पार्टीको झण्डासमेत गाडिएको छ ।यो जमिन तत्कालीन माओवादीले पहिलोपल्ट २०५८ सालमा कब्जा गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु