माओवादीको महाधिवेशन सकियो ,लिवाङमा घोषणा सभा हुने

२०७३ फाल्गुन १० गते, मंगलवार

काठमाडौ , १० फागुन । नेकपा (माओवादी) ले यहि फागुन १४ गते रोल्पाको लिवाङमा खुला सभा गर्ने भएको छ । हालै सम्पन्न महाधिवेशनको निर्णय सो खुला सभा मार्फत सार्बजनिक गर्ने माओवादीले बताएको छ । काठमाडौँमा फागुन १ गते उद्घाटन गरी फागुन ५ गतेबाट रोल्पाको थवाङमा जारी महाधिबेशन आज सकिएको हो । बन्दसत्रमा पार्टीका महासचिब विप्लवले प्रस्तुत् गरेको दस्तावेज सर्वसम्मतिका साथ पारित भएसंगै पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिष्ट पार्टी बनाइएको बताइएको छ । महाधिबेशनले पार्टीको महासचिवमा पुनः विप्लवलाई सर्वसम्मत चयन गरेको बताइएको छ । महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिद्दान्त माक्र्सवाद– लेलिनवाद– माओवादलाई अङ्गीकार गर्ने निर्णय गरेको बताइएको छ ।
नेपालका सबै वामपन्थी कम्युनिष्ट र माओवादी आन्दोलनबाट आएका सबै घटकहरुलाई एकै ठाउँमा समेट्ने उद्देश्य सहित नेपाल कम्युनिष्ट पार्टी निर्माण गरिएको पार्टीका प्रकाण्डले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु