माओवादीद्वारा देशभर मशाल जुलुस प्रर्दशन

२०७२ श्रावण ७ गते, बिहीबार

काठमाडौँ, ७ साउन । नेकपा माओवादीले बन्दको पूर्व सन्ध्यामा देशभर एकसाथ मशाल जुलुससहित प्रर्दशन गरेको छ । काठमाडौँको उपत्याकाका तीनवटै जिल्ला र ठूला शहरमा मशाल जुलुसहित प्रर्दशन गरिएको माओवादी प्रवक्ता प्रकाण्डले बताएका छन् ।
काठमाडौँको बालाजु, रत्नपार्क, महाराजगंज, कलंकी, लालितपुरका लगनखेल र भक्तपुरको सूर्य विनायकमा हजारौँ माओवादी कार्यकर्ता र समर्थक र शुभचिन्तकको सहभागितामा ‘लिपुलेक हाम्रो हो, राहतका भ्रष्टाचारीलाई कारवाही गर, १६ बुँदे सहमति खारेज गर जस्ता नारा लगाउँदै मशालसहित प्रर्दशन गरिएको छ ।
भक्तपुर सेक्रेटरी क्षितिज मल्लाका अनुसार नगरका विभिन्न ठाउँबाट आएको जुलुस सूर्यविनायकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै सेक्रेटरी क्षितिजले राष्ट्रिय स्वाधिनतालाई बचाउन आफे पार्टीले नेपाल बन्दको कार्यक्रम राखेको भन्दै सबै नगरबासीलाई भोलीको बन्दलाई सहयोग गनै आग्रह गरे । उनले राहतका भ्रष्टाचारीलाई सार्वजनिक गरेर जन कार्वाही गर्ने बताए । उनले विदेशीकाे दबाबमा वानेश्वरबाट संविधान घाेषणा गरिए राेल्पाकाे थवाङबाट जनताकाे संविधान घाेषणा गरिने बताए ।
त्यसैगरि काठमाडौँ सेक्रेटरी पुष्कर श्रेष्ठका अनुसार भोलीको बन्दलाई सफल पार्न सम्पूर्ण कार्यकर्तालाई परिचालन गरिएको छ । उनले जनताको मुद्धा भएकाले बन्दलाई सहयोग गर्न सम्पूर्ण जनसमुदायलाई आह्वान गरेका छन् ।
त्यसैगरि यता काठमाडौँभन्दा बाहिरका जिल्लामा पनि साझ ६ बजे मशाल जुलुसहित प्रर्दशन गरिएको बताइएको छ ।

प्रतिक्रियाहरु