माओवादीद्वारा थप संघर्षका कार्यक्रम सार्बजनिक

२०७२ श्रावण ९ गते, शनिबार

काठमाडौँ ९ साउन । नेकपा माअाेवादीले नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता, कार्यकर्ता रिहाइ नगरेको भन्दै पुनः संघर्षका कार्यक्रमहरु सार्बजनिक गरेको छ । माअाेवादीले भारत र चीनबीच भएकाे लिपुलेक सम्झाैता, चार दलबीच भएकाे चार बुँदे सहमति खारेजी र भूकम्पपीडितकाे राहतकाे भ्रष्टाचारीलाइँ कारवाहीकाे माग गर्दै शुक्रबार आयोजना गरिएको नेपाल बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै थप संघर्षका कार्यक्रम घोषणा गरेको हो।
बन्दका क्रममा पार्टी पाेलिट्व्यूराे सदस्य तिलक परियार, ९ जना केन्द्रीय सदस्यसहित देशका विभिन्न ठाउँबाट प्रहरीले ३०० भन्दा बढी माओवादी नेता-कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहा नगरेको भन्दै नयाँ संघर्षका कार्यक्रम घोषणा गर्नु परेको माओवादी श्रोतले बताएको छ ।
पार्टी प्रबक्ता ‘प्रकाण्डले दिएको जानकारी अनुसार साउन १० गते देश ब्यापी कोण सभा, ११ गते मशालजुलुस, १२ गते एक घन्टा चक्काजाम गर्ने कार्यक्रम रहेको छ । त्यसपछि पनि पक्राउ परेका आफ्ना नेता कार्यकर्तालाइ रिहा नगरे अर्को नेपाल बन्द सम्मको संघर्षका कार्यक्रम घोषणा गरिने बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु