माओवादीद्वारा जग्गा कब्जा

२०७१ फाल्गुन २६ गते, मंगलवार

काठमाडौ । नेकपा माओवादीले बाँकेमा जग्गा कब्जा गरेको छ। सोमबार एक कार्यक्रम गरी बाँकेको फत्तेरपुर ७ भेलुनियामा शान्तिदेवी वर्मा, पुनम शर्मा र ज्ञानु विष्टको जग्गा कब्जा गरेको हो। २०२४ सालदेखि जोत भोगगरि बसोबास गर्दै आइरहेको जमिन किसानहरुलाई कुनै थाहा नै नदिइ राजनीतिक दलका नेता, कर्मचारी र न्यायाधिशको मिलोमतोमा आफ्नो नाममा बनाइ दलालीकरण गरेको भन्दै आफूहरूको नियन्त्रणमा रहेको नेकपा माओवादी जिल्ला समिति बाँकेका सन्तोस बस्नेतले बताए।
एउटा राज्य संचालनको जिम्मेवार निकायमा बसेकाहरुले जनताको न्याय, गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेण्टी गर्नुको सट्टा रातारात किर्तेगरि किसानको जग्गा खोसिएको आरोप माओवादीले लगाएको छ।
‘उक्त जग्गा शान्तिदेवी वर्मा, पुनम शर्मा, ज्ञानु विष्टको नामबाट बदरगरि जोतभोग गरिरहेका किसानहरुलाई भोग अनुसार दर्ता श्रेस्ता कायमगरि भोग अनुसार वितरण गर्न सम्बन्धित सरोकारवाला निकाय र शान्तिदेवी वर्मा, पुनम शर्मा र ज्ञानु विष्टलाई सचेत गराउन चाहान्छौ,’ जग्गा कब्जापछि निकालीएको विज्ञप्तिमा भनिएको छ। साथै बाँकेको सिमलघारीमा रहेको विगतमा कब्जा भएको जग्गालाई पनि निरन्तरता दिइएको पनि माओवादीले जनाएको छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु