माओवादीद्वारा गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै प्रर्दशन

२०७२ श्रावण २९ गते, शुक्रबार

काठमाडौँ, २९ साउन । नेकपा माओवादीले आफ्नो गिरफ्तार नेता कार्यकर्ताको रिहाईको माग गर्दै बालाजुमा प्रर्दशन गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसो लगाएको आरोपमा प्रहरीले राष्ट्रिय युवा जनस्वयसेवकका केन्द्रीय संयोजक दिपक चलाउँने, पार्टीका भक्तपुर सेक्रेटरी क्षितिज मल्ललगायत पाँच जनालाई गिरफ्तार गरेको छ । शुक्रबार दिउँसो ४ बजेबाट सुरु भएको विरोध प्रर्दशन बालाजु बाइसधारा हुँदै बालाजु चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई केन्द्रीय सदस्य सावित्रा दुरालाई आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै नछोडे कडा आन्दोलन गर्ने बताइन ।

प्रतिक्रियाहरु