माओवादीद्वारा काभ्रेमा राहत वितरण

२०७२ जेष्ठ ६ गते, बुधबार

काठमाडौं, ६ जेठ । नेकपा माओवादीले काभ्रेकोबालुवापाटीस्थित नालडुम ३ रानीबन छापमा राहत बितरण गरेको छ। माओवादी निकट प्रबासीहरुले भारतमा संकलन गरेको राहत सामाग्री विप्लव आफै उपस्थित भएर वितरण गरेका हुन्।बालुवाटारीका एक सय ९६ भूकम्प पिडित घर परिवारलाई माओवादीले चामल कम्मल त्रिपाल लगायातका राहात सामग्री वितरण गरेको हो।भूकम्पमा परी बालुवाटारिमा मात्र ४ जनाको मृतु भएको छ भने भूकम्पबाट काभ्रेमा ५१ हजार १ सय ७० घर पूर्ण रापमा ध्वस्त भएका छन् त्यस्तै २३ हजार घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् ।जिल्ला प्रशासन कार्यालय काभ्रेले दिएको जानकारी अनुसार हाल सम्म भूकम्पमा परी ३ सय ६१ जनाको मृतु भएको छ भने २२२ जना घाइतेभएका छन् ।
त्यस्तै माओवादी महासचिब “विप्लव” ले अस्थायी घरटहरा बनाउन पूर्व झापा सुनसरी मोरंगबाट आएको टोलीलाई राहत वितरण पछी बिदाइ गरेका छन् ।
अस्थायी घरटहरा बनाउनका लागी माओवादी केन्द्रिय सदस्य सन्तोषी बिक को नेतृत्वमा अर्को टोली आज काठमाडौँबाट काभ्रे जाने माओवादीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु