माओवादीको दुइ लाइन संर्घष तत्कालका लागि समाधान

२०७१ श्रावण ३ गते, शनिबार


काठमाडौँ । नेकपा-माओवादीभित्र देखापरेको दुइ लाइन संर्घष तत्कालका लागि समाधान भएको छ । अध्यक्ष मोहन वैद्य ‘किरण’ र सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ल्याएका फरक दस्तावेजलाई आगामी महाधिवशेनसम्म यथावत् राखेर ‘तत्कालीन कार्ययोजना’ मा दुवै पक्षबीच सहमति भएको छ । हालै बसेको पार्टर्ीीे पोलिटव्यूरो बैठकमा अध्यक्ष मोहन वैद्य किरण र सचिव नेत्रविक्रम चन्द ‘विप्लब’ले भिन्नाभिन्नै दस्तावेज प्रस्तुत गरेका थिए । तत्काल जनयुद्धको तयारीमा जाने कि नजाने भन्नेमा फरक दस्तावेज आएपछि शर्ीष्ातहमा गम्भीर छलफल भएको थियो । त्यस पछि ललिलपुरको कुपण्डोलमा आयोजित केन्द्रिय समितिको पर्ूण्ा बैठकमा पार्टरीध्यक्ष किरणले तत्कालीन कार्ययोजना बनाएर अघि बढ्न पार्टी सहमति भएको बताएका थिए । बैठकमा अध्यक्षले राजनीतिक प्रतिवेदन पेस गर्नुभयो । अध्यक्ष र सचिवका फरक दस्तावेजमा महाधिवेशनका बेलामा मात्रै छलफल गर्न सहमति भएको बताइयो, बैठकपछि एक केन्द्रिय सदस्यले भने- ‘आगामी एक वर्षभत्र विशेष महाधिवेशन गर्न र दुवै दस्तावेजमाथि त्यहीबेला छलफल गर्ने सहमित भएको बैठकमा जानकारी गराइएको छ ।’ माओवादीभित्रको दुबै गुटमा भएको सहमतिले तत्कालीन कार्ययोजनामा सहमति गरेको छ । उक्त कार्ययोजनामा र्सवपक्षीय सम्मेलनबाट संविधान बनाउन जोड गर्ने कार्यनीतिलाई निरन्तरता दिइएको स्रोतले बतायो । यही असार महिनाभित्र विस्तारित बैठकको तयारी गरेको माओवादीले सदस्यता नवीकरणको काम नसकिएको भन्दै विस्तारिक बैठक पछि सारेको छ । यसैक्रममा सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले फरक मतको प्रतिवेदन तयार पारेपछि विस्तारित बैठकको साटो एक वर्षभत्र विशेष महाधिवेशन गर्ने र फरक दस्तावेजबारे त्यतिबेलै बहस गर्ने निर्ण्र्ागरेको हो । अध्यक्ष र सचिवका दुबै दस्तावेजहरु केन्द्रिय सदस्यहरुलाई वितरण गरिए पनि त्यसमाथि छलफल नहुने स्रोतले बतायो । केन्द्रिय समितिको पर्ूण्ाबैठक आज बिहान १० बजे पुनः बोलाइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु