माओवादीको जनप्रगतिशील मोर्चा युएईमा नयाँ नेतृत्व

२०७२ श्रावण १० गते, आईतवार

युएई, १० साउन । संयुत्त अरब एमिरेट्स युएईमा नेकपा माओवादीको मोर्चाको नयाँ कार्यसमिति गठन गरिएको छ । विराट लामिछानेको अध्यक्षतामा नेपाली जनप्रगतिशील मोर्चा युएईको ३३ सदस्यीय नयाँकार्य समिति चयन गरिएको हो । मोर्चाको उपाध्यक्षहरुमा लेखक दिल निशानी मगर, ज्ञानु लम्साल र मनोज काउछा रहेका छन । त्यस्तै महासचिवमा पृथीछक बुढा मगर, सचिवमा दिनेश नेपाल, केदार लम्साल र नारायण खनाल तथा कोषाध्यक्षमा विवस लिम्बु चयन भएका छन । मोर्चाको तेस्रो अधिवेशनले केबी गुरुङ, मधुकर बेलबासे, विष्णु भण्डारी, रमाकान्त वास्तोला, देव सिंग विष्ट, हिक्मत रोका मगर, वर्षा हमाल ,कैलाश पुन मगर, भुवन बुढा मगर, दीप बुढा मगरलाई सदस्य चयन गरेको छ ।
त्यस्तै सदस्यमा कृष्ण रेग्मी, राजु रोका विकास परियार, चित्र थापा, भुपेन्द्र खनाल, थान प्रसाद डुम्रे, माया गुरुङ, दुर्गा थापा संजय क्षितिज, विनोद अधिकारि, इश्वर सिंगखडा, विशाल बिक्रम श्रेष्ठ, नेत्र लामा, विनोद भट्ट, प्रवेश लिम्बु रहेका छन । त्यस्तै मोर्चाको सल्लाहकार समितिमा रामशरण कडरिया, सालिक सुवेदी र शमर खत्री रहेका छन ।

प्रतिक्रियाहरु