माओवादीका शीर्ष नेतालाई पक्राउ गरेर देखाउ

२०७१ बैशाख २ गते, मंगलवार

काठमाडौं। गोरखा फुजेल–७ का कृष्णप्रसाद अधिकारी हत्या प्रकरणका आरोपितका परिवारले द्वन्द्वको नेतृत्व गरेर हिँडेका तत्कालीन नेकपा माओवादीका शीर्ष नेताहरूलाई पक्राउ गर्न चुनौती दिएका छन् ।भरतपुरमा सोमबार पत्रकार सम्मेलन गरी उनीहरूले शीर्ष नेतालाई पक्राउ गर्न सरकारलाई चुनौती दिएका हुन् । आफूहरूमाथि अनुसन्धानको बिल्ला भिराउँदै अन्याय गरेको उनीहरूको भनाइ छ ।नेकपा माओवादीका तत्कालीन जिल्ला सेक्रेटरी यमबहादुर परियार र नेता सुदर्शन पौडेल जिल्लामै भएपनि सरकारले नदेखेजस्तै गरी अन्य निर्दाेष व्यक्तिलाई पक्राउ गरेको उनीहरूको आरोप छ ।
घटनाका सम्बन्धमा पार्टीले पनि केही नबोलेको भन्दै अहिले राज्य र माओवादी दुवैको चपेटामा आफूहरू परेको २५ दिन हिरासतमा बसेपछि रिहा हुनुभएका परशुराम पौडलले बताए ।
सरकारले तत्काल घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने उनीहरूको माग छ । आफूहरूले न्याय पाउने ठाउँ कतै नपाएको उनीहरूले बताएका छन् । मानवअधिकारकर्मीले पनि आफूहरूलाई बेवास्ता गरेको बताउँदै उनीहरूले न्याय नपाए सामूहिक आत्मदाह गर्ने चेतावनीसमेत दिएका छन् ।
गोरखा फुजेलका कृष्ण अधिकारी हत्या प्रकरणमा सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत चितवनमा अभियोगपत्र दायर गरेको छ ।
अभियोगपत्रमा १३ जनालाई सर्वस्वसहित जन्मकैदको माग गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान गरेर प्रहरीले प्रतिवेदन बुझाएपछि जिल्ला न्यायाधिवक्ता एकनारायण लम्सालले हिजो जिल्ला अदालत चितवनमा १३ जनाविरुद्ध अभियोगपत्र दायर गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनले सोही घटनाका आरोपित फुजेल–७ का छविलाल पौडेल र रत्ननगर नगरपालिका–११ जिरौनाका भिमसेन पौडेललाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।गोरखा फुजेलका कृष्ण अधिकारीको सशस्त्र सङ्घर्Èका बेला २०६१ साल जेठ २४ गते पूर्वी चितवन रत्ननगरमा अपहरणपछि हत्या भएको थियो । छोराको हत्यारालाई कारबाहीको माग गर्दै कृष्णप्रसाद अधिकारी दम्पती विगत लामो समयदेखि राजधानीमा आमरण अनसनमा बसेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु