माओबादी देशभर कोण सभा गर्दै

२०७२ श्रावण १० गते, आईतवार

काठमाडौं, १० साउन । नेकपा माओवादीले आज देशब्यापि रुपमा कोण सभा गर्ने भएको छ ।शुक्रबार भारत र चीनबीच भएको लिपुलेक सम्झौता, चार दलबीच भएको १६ बुदे सहमती खारेजी र भूकम्पपीडितको राहतको भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै गरेको बन्दका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै माओबादीले आज कोण सभा गर्न लागेको हो ।
शान्ति पुर्ण बन्दमा जुटेका आफना कार्यकर्तालाई बिना कारण प्रहरीले हस्तक्षेप गरी गिरफ्तार गरेका भन्दै थप संघर्षका कार्यक्रम सार्बजनिक गरेको पार्टी प्रबक्ता ‘प्रकाण्डले बताए । संघर्षका कार्यक्रम अन्तगर्त भोली माओबादीले मशालजुलुस निकाल्ने र पर्सी १२ गते एक घन्टा चक्काजाम गर्ने कार्यक्रम छ । त्यसपछि पनि आफना कार्यकर्ता रिहा नभए अर्को नेपाल बन्द सम्मको संघर्षका कार्यक्रम घोषणा गरिने प्रबक्ता प्रकाण्डले चेतावनी दिए ।
शुक्रबार नेपाल बन्दका क्रममा पार्टी पोलिट्व्यूरो सदस्य तिलक परियार, ९ जना केन्द्रीय सदस्यसहित देशका विभिन्न ठाउँबाट प्रहरीले ३०० भन्दा बढी माओवादी नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरेको माओबादीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु