माओबादी कार्यदिशा बारे -ओम प्रकाश पुन

२०७१ असार २८ गते, शनिबार


प्रारम्भ
हाम्रो पार्टिले हाल सम्म निर्धारण गरेको कार्य दिशा भनेको जनयुद्धको जगमा जनविद्रो हो । यो कार्यदिशा हामीले पालुङटारको विस्तारित बैठक देखि पारित गरेता पनि यसको अलि ठोस र मूर्त व्याख्या सातौं महाधिवेशनमा गरियो । पालुङटार देखि पार्टि विभाजन नहुंदा सम्म एमाओवादिकालमा यसको व्याख्या तीन स अर्थात सरकार,सदन र सडक बाट अघि बढ्ने र केन्द्रिय सत्ता कब्जा गर्ने भन्ने थियो । त्यो हेर्दा क्रान्तिकारी देखिएता पनि सारमा दक्षिण पंथि कार्य दिशा थियो । पार्टि विभाजन पश्चात एमाओवादिले हेटौडा महाधिवेशनबाट नयाँ जनवादिक्रान्तीको कर्यक्रम सहित जनयुद्धको जगमा जनविद्रोहको उक्त कार्यदिशा परित्याग गर्यो । हामीले बौद्धभेलाद्वारा एमाओवादीलार्इ नवशंशोधनवादी शक्ति विश्लेशन गर्दै त्यसबाट संवन्धबिच्छेद गर्दा पार्टिको मर्गदर्शक सिद्धान्त मार्क्सरवाद-लेनिनवाद-माओवाद ९विचारधारा हटाएर०, पार्टिको नाम नेकपा-माओवादी,पार्टिको न्यूनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद अनि त्यसलार्इ प्राप्त गर्ने जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालार्इ थप सम्मृद्ध पारेका थियौं । बौद्ध भेला पछि हामी सातौं महाधिवेशनको तयारिमा लाग्यौं र कमलादिमा सम्पन्न सातौं महाधिवेशनमा हामीले जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशालार्इ नै थप समृद्ध गरेर अघि बढ्यौं । सातौं महाधिबेशन बाट पोखरा बैठकमा पुगे पछि हामीले उक्त कार्यदिशालार्इ कथित दोश्रो संविधान सभाको चुनाव बहिष्कार गर्ने कार्ययोजनाकारूपमा मूर्त गर्यौं र कार्यदिशालार्इ आंशिक सफलतामा पुर्यायौं । तर कथित दोश्रो संविधान सभाको चुनाब बहिष्कार पछि भने कार्यदिशा कार्यन्वयनमा केहि अलमल देखा परेको छ र यसले कार्यदिशामा थप समृद्धिको माग गरेको छ । त्यसैले अहिले हाम्रो पार्टिमा कार्यदिशा संबन्धि गंभिर बहश सुरू भएको छ ।
कार्यदिशामा परेको अलमल
१। पहिलो कुरा त क्रान्तिकारी पार्टिले आफ्नो कार्यदिशा तय गर्दा दोहोरो अर्थ लाग्ने खालको बनाउनु हुदैन । मुङग्रा जस्तो भुत्ते पनि बनाउनु हुदैन,धारिलो र स्पातिलो बनाउनु पर्छ । हामीले तय गरेको जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशा राजनैतिक उद्धेश्यमा सहि भयता पनि परिणाममा कम्जोर पर्नुको कारण त्यहि हो । ब्याख्यामा हामीले जनयुद्धको जग भनेपछि पार्टि,सेना र स्थानिय सत्ता निर्माण गरि शसस्त्र संघर्षको तयारि गर्ने अनि त्यसैमा टेकेर जनतालार्इ आम जनबिद्रोहमा उतारि केन्द्रिय सत्ता कब्जा गर्ने भन्यौं तर ब्यबहारमा जाँदा फरक खालको जोडकोणमा पुग्यौ । यसमा एउटा बुझाइ जनयुद्धको जगमा जनबिद्रोह भनेको मुलतः शहरिया संघर्ष नै हो त्यसकारण जनयुद्धको जग भन्नु आबश्यक छैन र यसले अन्तत हामीलार्इ दीर्घकालिन छापामार युद्धमा पुगाउछ भन्ने देखिन्छ । भने अर्को बुझार्इ जनबिद्रोह भनेको शास्त्रिय खालको हुने र नेपालको संदर्भमा सामान्य शहरिया सुधारबादि आन्दोलनमा सिमित हुने भएकोले अबको संघर्षको बाटो दिर्घकालिन जनयुद्ध नै हो भन्ने देखिन्छ ।
यसरी हेर्दा यि दुबै कोणका बुझाइहरू अपूर्ण देखिन्छन् । किनकि नेपाली समाज पूर्ण सामन्ती वा पूर्ण पुजीवादी दुबै नभएको अबस्थामा कार्यदिशा पनि त्यहि खालको वा गाउँ र शहरलार्इ जोड्ने प्रकारको हुनु पर्छ । यसमा पनि प्रष्ट हुनु पर्ने भनेको फौजि कार्यदिशा नै हो । क्रान्तिकारी पार्टिको निम्ति फौजिकार्यदिशा सहितको राजनैतिक कार्यदिशा जरूरी हुन्छ । किनकि फौजिकार्य दिशा बिनाको राजनैतिक कार्यदिशा सुधारवादि र दक्षिण पंथि हुन्छ । यो इतिहास सिद्ध कुरा हो ।
२।दोश्रो कार्यदिशा कार्यान्वयनमा समस्या आउनुका पछाडि हाम्रो पार्टि भित्र शुक्ष्मरूपमा देखापरेका बाम,मध्य र दक्षण पंथी प्रवृतिहरू पनि जिम्मेवार छन् । यि प्रवृतिहरू अहिले आएर मात्रै प्रकट भएका नभर्इ पार्टि बिभाजन हुदा देखि भएका हुन् । पार्टि बिभाजनको प्रक्रियामा आउँदा एउटा पक्ष साँच्चिकै क्रान्ति गर्ने उद्देश्य लिएर आयो,दोश्रो पक्ष अलग पार्टि बनाउने र यहि संसदिय राजनितिमा खेल्ने उद्देशयले आयो र तेश्रो पक्ष प्रचण्डको झोकले लहलहैमा आयो जसका कारण पार्टिमा गति दिन र कार्यदिशा कार्यानवयनमा समस्या देखा पर्यो । अहिले पनि तिनै तीन प्रबृतिका कारण पार्टिलार्इ अब नयाँ क्रमभंगतामा लैजानु पर्छ,यथास्थितिमा रहनदिनु पर्छ वा एमाओबादी संग मिल्नु पर्छ भन्ने बहस चलेको छ । यसमा पछिल्ला दुर्इ प्रबृति क्रान्तिको हितमा छैनन् ।
३।तेश्रो कुरा कार्यदिशा कार्यान्वयनमा हाम्रो जीवन शैली र नयाँ वर्ग धरातलले पनि समस्या देखियो । शान्ति प्रक्रियाबाट पार्टि यता आउँदा उपल्लो स्तरका र टाँठा बाँठा नेता कार्यकर्ताको जिवन शैलि पुरै शहरिया र नव धनाढ्य बनेर आयो जसले गर्दा शब्दमा क्रान्तिका कुरा गरेता पनि ब्यबहारमा सुधारवाद देखा पर्यो र क्रान्तिकारी धारामा अघि बढ्न खोज्ने पार्टि योजनालार्इ पनि गोलचक्करबादमा फसाउने काम भयो । त्यसमा पनि मुलतःजनविद्रोहमा जोडदिने प्रबृतिबाट नै यो वा त्यो रूपमा कार्यदिशा कार्यान्वयनमा समस्या पैदा भो ।त्यसकारण यदि अब पार्टिलार्इ क्रान्तिकारी धारामा अघि बढाउने हो भने विचार र ब्यबहारका विषयमा ब्यापक बहस एवं छलफल गरि एक्किकृत क्रान्तिको कार्ययोजना सहित अघि बढ्नुको बिकल्प छैन ।

कार्यदिशा माथिको बहस
माथि सामान्य चर्चा गरेबमोजिमको अन्योलता,अक्रमन्यता र अस्पस्टताका बिचबाट अहिले हाम्रो पार्टिमा कार्यदिशा संबन्धि नयाँ बहस शुरू भएको छ । बहश अध्यक्ष कमरेड किरणले पेश गरेको ” मालेमाको आलोकमा सङ्घर्षको कार्यदिशालार्इ संमृद्ध बनाअौ, पार्टिलार्इ एकताबद्ध तुल्याउँदै क्रान्तिको दिशामा दृढतापूर्वक अघि बढौं ” शिर्षकको राजनितिक प्रतिबेदन र सचिब कमरेड बिप्लबले पेश गरेको ” यथास्थितिमा क्रमभङगता इतिहासको अपरिहार्य आवश्यकता ” शिर्षकको अलग राजनितिक प्रतिबेदन माथि भइरहेको छ । दुबै प्रस्ताबका समानता र असमानता निम्न बमोजिम रहेका छन् ।
समानता
१। आज हामि नेपाली कम्युनिस्ट आन्दोलन,पार्टी इतिहास र जनबादी क्रान्तिको अत्यन्तै बिशिष्ट र जटिल मोडमा उभिएका छौ,अर्थात क्रान्ति कठिन मोडबाट गुज्रिदै छ ।
२। नेपाली समाज अहिले पनि अर्धसामन्ती र नवअौपनिवेशिक अवस्थामा रहेकोले नयाँ जनबादी क्रान्ति पार्टिको आधारभूत कार्यक्रम हो ।
३। बिश्व राजनिति बहुध्रुर्वमा बिभाजित छ ।
४। तत्तकालिन नेतृत्वको गद्दारी र आत्मसमर्पनका कारण जनयुद्धले सेटब्याक खायो र पार्टि रक्ष्यात्मक अबस्थामा पुग्यो ।
५। जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशामा केहि अपुगताहरू रहे त्यसकारण यसलार्इ अब समृद्ध वा विकास गर्नु पर्छ ।
६। आज विश्व र नेपाली कन्युनिस्ट आन्दोलनमा क्रान्तिका लागि प्रमुख बाधक दक्षिणपंथि संशोधनबाद नै हो ।
७। पार्टिलार्इ अब बैधानिक र अबैधानिक दुबै कार्यशैलीबाट अगाडि बढाउनु पर्छ ।
८। पार्टिमा चरम आर्थिक संकट छ,निराशा र अबिश्वास छ ।
९। देशमा जन संबिधान बन्नै नसक्ने भएकोले संघर्षको बिकल्प छैना ।
१०। नेपालमा माओकालिन जनयुद्ध र लेनिन कालिन जनबिद्रोहको हुबहु कार्यदिशा नभइ नेपाली मौलिकताको क्रान्तिको कार्यदिशा चाहिन्छ ।
असमानता
क।किरण
क। पार्टिमा सांगठनिक समस्या मुख्य हो ।
ख। जनयुद्धको जगमा जनयुद्धको कार्यदिशा नै ठिक छ । यसैमा नयाँ मौलिकता खोज्नु पर्छ । तर अहिले मुख्य जनबिद्रोह नै हो ।
ग। संक्रमणकाल नसक्किएकोले अझै जनबिद्रोहको संभाबना छ ।
घ। पार्टिमा निम्नपूजिबादी अधैर्यताका कारण अराजकता ल्यायो ।
ङ। पार्टिमा अहिले सम्म दुर्इ लाइन संघर्ष थिएना तर अहिले अस्वभाविक ढंगले देखा पर्यो ।

क।बिप्लव
क। पार्टि अघि बढ्न नासक्नुको मुख्य समस्या कार्यदिशा हो । जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशालार्इ बुझ्ने र लागु गर्ने सवालमा दृष्टिकोणमा अन्तर पर्यो ।
ख। संक्रमणकाल समाप्त भएकोले अब जनबिद्रोह संभब छैन,त्यसैले क्रमभंगता सहितको नेपाली मौलिकताको ू एकिकृत क्रान्तिको कार्यदिशा ू मा जानु पर्छ ।
ग। क्रान्तिमा बल प्रयोगको सिद्धान्तका आधारमा तत्काल संघर्षलार्इ अगाडि बढाउनु पर्छ । कार्यदिशालार्इ पनि सोहिअनुसार बिकाश गर्नु पर्छ ।
घ। शहर केन्द्रित पार्टि संरचनालार्इ गाँउ केन्द्रित गराउनु पर्छ ।
ङ। पार्टिमा सुधारबादि र दक्षिणपंथि प्रबृति हाबि हुदै गएको छ ।
च। पार्टिमा दुर्इ लाइन संघर्ष हिजो पनि थियो र अहिले श्लेशित भएर आयो ।
माथि उल्लेखित दुबै दस्ताबेजका सामान्य एवं आधारभूत समानता र असमानताका बिचबाट निम्न निश्कर्षमा पुग्न सकिन्छ ।
१। प्रथम, जनयुद्धको जगमा जनबिद्रोह को कार्यदिशालार्इ हामिले संक्रमनकालिन कार्यदिशा भनेका थियौं । प्राविधिक हिसाबले संसदवादी शक्तिले संविधान घोषणा नगर्दा सम्म संक्रमनकाल रहन्छ भनेता पनि कथित दोश्रो संविधान सभाको चुनाब सम्म आइपुग्दा राजनैतिक रूपबाट संक्रमन कालको अन्त भैसकेको छ । त्यसैले कार्यदिशा परिबर्तन जरूरी छ ।
२। हामिले सातौं महाधिबेशनको दस्ताबेजमा भनेका छौकि जनबिद्रोहको संभाबना भएको संक्रमनकाल समाप्त भए जनयुद्धको कार्यदिशामा जाने तसर्थ अब पार्टिले नेपाली मौलिकताको जनयुद्धको बाटोमा जानुको बिकल्प छैन ।
३। दुबै दस्ताबेजमा नेपाली समाजको वर्ग चरित्र अर्धसामन्ति एवं नबअौपनिबशिक रहेकोले पार्टिको न्यनतम कार्यक्रम नयाँ जनबाद नै रहेको तथा नेतृत्वको गद्दारि र आत्मसमर्पनका कारण नेपाली जनयुद्धले सेटब्याक खाएको भन्ने बिश्लेषण रहेकोले नेपालमा जनयुद्धको कार्यदिशा नै उपयुक्त र सहि हुन्छ ।
४। अहिले सम्मको शास्त्रिय बुझार्इ के रहेको छ भने जनयुद्ध भने पछि उहि चिनमा लडे जस्तै दीर्घकालिन भनि बुझ्ने अनि जनबिद्रोह भने पछि उहि रूसमा लडे जस्तै अल्पकालिन भनि बुझ्ने तर त्यसलार्इ नेपाली मौलिकतामा हेर्न नसक्ने । यो बुझाइले अन्ततः हामीलार्इ यात यान्त्रिक नडसुत्रमा पुगाउछ यात संशोधनबादमा पुगाउछ । तसर्थ हामीले नेपाली क्रान्तिको कार्यदिशालार्इ जनयुद्धको निरन्तरतामा जनबिद्रोह अर्थात जनयुद्धमा जनबिद्रोहका रणकौशलहरूलार्इ समायोजन गरि गरिने एकिकृत क्रान्तिको कार्यदिशाका रूपमा बुझ्नु पर्छ ।
५। जनयुद्ध भनेपछि त्यो जनता लड्ने युद्ध हो । जनताले आफु जित्ने लडार्इ आफ्नै सापेक्षता र वर्ग सन्तुलनका आधारमा लड्छ । राज्यसत्ता प्राप्तिको मुख्य शक्ति शैन्य बल हो अर्थात जनमुक्ति सेना हो । त्यो पनि जनताले आफ्नै सापेक्षता र मौलिकतामा निर्माण गर्छ । त्यसकारण जनयुद्धको छुट्टै मौलिकता कोठामा बसेर गर्ने गनथनमनथनले नभर्इ वर्ग संघर्ष मार्फत जनताका बिचवाट बिकाश हुन्छ ।
६। जनबिद्रोहको कार्यदिशा हाम्रो देशको सन्दर्भमा उपयुक्त छैन । यहाँको राजनैतिक शक्ति संतुलन,आर्थिक,समाजिक र सांस्कृतिक स्थिति, शहरिया मध्यम र निम्न पुजिपति बर्ग धरातल,युबाहरूको बिदेश पलायन र ग्रामिन अबस्था,क्रान्तिकारी आन्दोलनले खाएको प्रतिधक्का,जनमुक्ति सेनाको बिर्सजन आदि इत्यादिका कारण बिद्रोह संभब छैन । तर जनयुद्ध संभब छ ।
७।यसका आधारमा के भन्न सकिन्छ भने हाम्रो पार्टिमा प्रस्तुत अध्यक्ष कमरेड किरणको जनबिद्रोको दस्तावेजले पार्टिलार्इ यो वा त्यो रूपमा उहि प्रचण्ड कालिन सडक,सदन र सरकारको सुधारबादि कार्यदिशामा पुर्याउछ । त्यो भनेको अबको केहि महिना पछि अर्थात कथित संबिधानको घोषणा वा स्थानिय चुनाबको आसपासमा पुगि एमाओबादिको दक्षिण पंथि कार्यदिशा संग आत्मसमर्पन गर्नु नै हो । तसर्थ त्यो कार्यदिशा संग सहमत हुना सक्किदैन । अर्को सचिब कमरेड बिप्लबले प्रस्तुत गर्नु भएको जनयुद्धको निरन्तरतामा जनबिद्रोहको एकिकृत क्रान्तिको कार्यदिशाले सुधारबादको गोलचक्करबाट क्रमभंग गर्न खोजेकोले आशाबादि बनाएको छ । यदि यसलार्इ पार्टिको कार्यदिशा बनाएर लिन सके पार्टि क्रान्तिको नयाँ मार्गमा प्रबेश गर्ने छ अर्थात नेपालमा जनयुद्ध दुर्इ शुरू हुने छ । जसले नेपालको दलाल लोकतन्त्रलार्इ ध्वस्त पारी नयाँ जनबादि गणतन्त्र स्थापना गर्ने छ ।
पार्टि एकता र सहकार्य
अहिले पार्टि एकता र सहकार्य वा कार्यगत एकताका वारेमा हाम्रो पार्टि लगाएत अन्य राजनितिक वृतमा पनि ब्यापक चर्चाको विषय बनेको छ । यसका बारेमा पनि हामी बैचारिक एवं राजनैतिक रूपबाट प्रष्ट हुनु पर्छ । किनकि यो पनि कार्यदिशा संग संबन्धित सवाल नै हो । क्रान्तिकारी पार्टिले आफ्नो लक्ष्य प्राप्तिको लागि बाहिय शक्तिको रूपमा अन्य मित्र शक्ति वा बिरोधि शक्ति संग कार्यगत एकता वा सहकार्य गर्नु आबश्यक हुन्छ र गर्नु पर्छ । क्रान्तिको निम्ति आन्तरिक शक्ति शुदृढ पार्न पार्टि एकता र बाहिरि शक्ति शुदृढ पार्न कार्यनैतिक वा रणनैतिक संयुक्त मोर्चा अति जरूरी हुन्छ तर क्रान्तिकारीहरूले त्यसो गर्दा तीन कुरामा ध्यान दिनु पर्छ ।
१। पहिलो कुरा त्यो क्रान्तिको हितमा हुनु पर्छ ।
२। दोश्रो कुरा त्यसमा क्रान्तिकारीको नेतृत्व र पहल कदमि हुनु पर्छ ।
३। र तेश्रो कुरा त्यो समय र परिस्थिति संग मेल खाने खालको हुनु पर्छ । हामीले पार्टि बिभाजन लगत्तै तिनै कुराहरूलार्इ मध्यनजर गरि नेकपा एक्किकृत लगाएतका शक्ति संग पार्टि एकताको प्रकृया अगाडि बढायौं भने संयुक्त मोर्चाको रूपमा ३३ दलिय सहकार्यलार्इ अगाडि बढायौ । त्यसमा हाम्रो पार्टिको नेतृत्व र पहल कदमि हुनुको साथै कथित दोश्रो संबिधान सभाको चुनाब बहिष्कार गर्ने सवाल लगाएतमा समय सान्दर्भिक नै थियो । तर अहिले पछिल्लो चरणमा एमाओबादी लगाएतका दल संग भएको कार्यगत एकता र पार्टि एकताको सवालमा भने हाम्रो भुमिका र पहल कदमी अन्तै गएको महशुस भएको छ । यसमा पनि हामीले तीन वटा पक्षमा गम्भिर ध्यान दिनु पर्छ ।
१।खास गरेर ३३ दलिय मोर्चालार्इ छाँयामा पारेर गरिएको पाँच दलिय कार्यगत एकता समितिमा एमाओबादिको भुमिका र चरित्र अस्थिर खालको छ । उसको तनमन अहिले पनि सदन भित्रै भएकोले यस मोर्चालार्इ एमाओबादिले काँङग्रेस र एमाले संग बार्गेनिङ चिप्सको रूपमा प्रयोग गर्ने प्रबल संभाबना छ किनकि एमाओबादी अब कुनै पनि प्रकारको संर्घषको पक्ष छैन । उसको जोड संसदबादको घेरालार्इ तोडेर क्रान्तिकारी धारमा बेग्लै पहिचान बनाएको नेकपा-माओबादीलार्इ घुमार्इ फिरार्इ पुनःसंसदबादमा फर्काउने र नेपालमा अगाडि बढ्दै गरेको क्रान्तिकारी आन्दोलनलार्इ विषयान्तर गर्ने हुने छ ।
२। दोश्रो कुरा एमाओबादि हेटौडा हुदै बिराटनगर पुगेर बिर्सजनको संघारमा पुगेको थियो र उसले आफ्नो निराश पंतिलार्इ यस पार्टि एकता र सहकार्य मार्फत उत्साहित पारि बिद्रोह र पलाएन बाट रोक्ने माध्याम यसलार्इ बनाएको छ । जसका कारण एमाओबादिबाट हाम्रो पार्टिमा आउना खोजेको ठुलो पंति उतै रोक्किएको छ ।
३। तेश्रो कुरा यस मार्फत खास गरेर एमाओबादि भित्रको प्रचण्ड पक्षले बाबुराम पक्षसंगको अन्तर संघर्षलार्इ आफु अनुकुल बनाउने हतियारको रूपमा प्रयोग गर्ने छ ।पाँच पार्टि बिचको कार्यगत एकताले नत संघर्षका ठोस कार्यक्रम घोषणा गरेको छ तन अन्य कुनै समसामयीक सवालमा बोलेको छ । यो मोर्चा संयुक्त संघर्ष समितिको नाम बाट नआर्इ अहिले आन्दोलन गर्ने सिजन छैन भनि कार्यगत एकता समितिको नाम बाट मोर्चा गठन हुनुले यो संघर्ष उन्मुख छैन भन्ने प्रष्ट हुन्छ । तर पनि हाम्रो तर्फ बाट यो मोर्चालार्इ संघर्ष उन्मुख बनाउने कुरा मै जोड दिनु पर्छ ।अब जहाँ सम्म पार्टि एकताको कुरा छ त्यो ता झन धेरै टाढाको विषय हो । यसको लागि पनि हामीले तीन वटा पक्षलार्इ सच्याउनु पर्छ । जस्तो कि प्रथम, पार्टि बिभाजन गर्नु गलत थियो भन्नु पर्यो । दोश्रो,एमाओबादिलार्इ गरेको नवसंशोधनवादीको बिश्लेशन फिर्ता लिनु पर्यो । र तेश्रो नयाँजनवादी क्रान्तिको कार्यक्रम र क्रान्तिमा बल प्रयोगको सिद्धान्तलार्इ छोड्नु पर्यो । अहिलेको कार्यदिशा र सांगठानिक संरचनाले पार्टिले वर्ग संघर्षमा भनेबमोजिमको गति लिन सकेन भनेर राष्ट्रिय सम्मेलन मार्फत बिचार र संगठनमा नयाँ क्रम भंग गर्न खोजिरहेको अबस्थामा हाम्रो पार्टिबाट त्यो संभब नभएको र एमाओबादि हेटौडाको दक्षिण पंथि कार्यदिशाबाट माथि उठ्ने संभाबना नभएको अबस्थामा पार्टि एकता अहिलेको कार्य योजना बन्ने कुरै भएन ।
त्यसकारण देश भरिका जिल्ला सम्मेलनहरू बाट उत्साहित पार्टि पंतिलार्इ क्रान्तिकारी कार्यदिशा,सक्षम नेतृत्व र सुदृढ संगठन मार्फत नयाँ क्रमभंगतामा लैजाना नेतृत्व पंति तयार हुनै पर्छ । अहिलेको सहकार्य र पार्टि एकताको हल्लाले क्रान्तिकारीहरूमा भन्दा दक्षिण पंथि सुधारवादिहरूमा उत्साह थपेकोले यसको पनि गम्भिर समिक्षा पार्टिमा गर्नु पर्छ । कार्यदिशाको सवालमा जनयुद्ध वा जनविद्रोहको शाब्दिक लडार्इ भन्दा शसस्त्र संघर्षको एक्किकृत कार्ययोजना निर्माणमा सिंगो पार्टिको ध्यान केन्द्रित गर्नु पर्छ । कमरेड अध्यक्ष र कमरेड सचिबले प्रस्तुत गर्नु भएका दुबै दस्ताबेजलार्इ आग्रह पूर्वाग्रहविना सिंगो पार्टि पंतिमा प्रबाहित गर्नु पर्छ । यसले पार्टिको बैचारिक स्तरलार्इ माथि उठाउना मदत गर्नुका साथै बैचारिक एकता पनि कायम गर्ने छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु