माओबादीले मनन गर्नैपर्ने कुरा – मचरा गोर्खाली

२०७१ भाद्र ६ गते, शुक्रबार


मलाई लाग्थियो, लाग्छ,आशा छ भोलिपनि लागिरहने नै छ -नेपाली क्रान्तिको इतिहासमा नेपाली निम्न बर्ग र मध्यम बर्गकै बाहुल्यतामा नेपाली धर्तीमा एउटा त्यस्तो क्रान्तिकारी आन्दोलनको जन्म भयो त्यसै आन्दोलनको नाम हो भन्ने ठान्छु म “माओबादी आन्दोलन “यस आन्दोलनका राम्रा नराम्रा पक्छ्य आआफ्नै छन् ,त्यो भोलि पनि त्यसको समिक्छ्या हुदै जाला ,यस आन्दोलनले नेपाली समाजको चेतना स्तर जो आजको हद सम्म उठायको चै छ त्यो निकै महत्वो पूर्ण पक्छ्य हो आज त्यसकै फलस्वोरूप भन्नु पर्छ एउटा हिजको भैसी गोठालो आज देशको राष्ट्र प्रमुख बन्न सफल भयको छ ,दुर दराजका जनतामा पनि चेतनाको दियालो बलेको छ जुन त्यै आन्दोलनको उपज हो भलै निकै ठुलो धनजनको खति राष्ट्रले बेहोर्नु पर्यो त्यो पाटो चै अलि दुखद नै छ !समग्रमा त्यो आन्दोलन जनताको जिबनस्तर उकास्न तर्फ फड्को मार्नु पर्ने थियो तर आज त्यसै आन्दोलनका सारथीहरु बिचमै घोच पेच छिर्कन हानाहान हुनाले त्यस आन्दोलनमा लागेका लाखौ निम्न बर्गीय जनता त आजित छन् नै आज पुरै देशनै अस्थिरताको भुमरीमा रुमलिने खतरा बढ्दै गयको छ !त्यसो हुनुको मूल कारक सारथीहरु र त्यसका भक्तजनहरुनै हुन् भन्नेमा म दुबिधा छैन ,यदि यस्तै हालत हुदै गयो भने भोलि कतै त्यो ऐतिहासिक माओबादी आन्दोलन बदनामीको घेरामा जकडिने त होइन ?आज त्यसका सुभचिन्तक हरुको मनमा यसखाले बहस सिर्जना हुनु अस्वोभाबिक कदापी होइन !यो आन्दोलनलाइ यहासम्म ताते गराउनमा सारथीको हैसियतले क प्रचण्ड,क लाल्धोज र क किरण हरुकै लगाब छ तर त्यो आन्दोलन सारथी मात्रैले पनि यति उचाइमा पुगेको होइन त्यसको पछाडी लाखौ निमुखा निम्न बर्गीय नेपालीहरुको साथ थियो जो आफ्नो ज्यान हत्केलामा राखेर मुक्तिको लाइनमा पहराको डोरी समाउदै भीरको बाटो रातो लालटिन बालेर दिन रात घाम पानी नभनी लागिरहे !म त भन्छु त्यो आन्दोलन भनेको सस्थागत स्वोरुपको आन्दोलन थियो कुनैपनि यो वा त्यो व्यक्तिको ग्रिपमा मात्रै सस्था चल्ने भन्ने त कुरै भयन त्यसैले यो आन्दोलनमा प्रत्यक्छ्य वा अप्रत्यक्छ्य लाग्नु भनेको सस्था बचाउन तर्फ लाग्नु हो जुन सस्थाले भोलिको नया नेपालको सुनौलो रेखा कोर्न सकोस !तर आज म सुन्दै छु यस सस्थामा भागबण्डा चल्दै छ रे कोहि प्रचण्डका ,कोहि लाल्धोजका त कोहि किरणका ???के अब यो समग्र आन्दोलन यसरीनै बाडीचुडी तुइने हो त ?त्यसको चिन्ता आज उसका कार्यकर्तालाइ मात्र नभयर समग्र त्यो बर्गका नेपालीहरु माझ छचल्कियको छ !त्यसैले यो आन्दोलनको शाख बचाई राख्नको लागि सबै एकजुट हुनुको बिकल्प छैन !यदी आज हामीले कुनै व्यक्ति बिषेशलाइ मात्र समायर माथि उक्लने सोचियको छ भने त्यो ज्यादै गलत प्रवृति हो त्यसले न आफु बच्न सकिन्छ न सस्था बचाउन नै सकिन्छ !यदी सस्था बचाऊनि नै हो भने सबै सचेत क्रान्तिकारीहरु एकजुट हुनै पर्ने हुन्छ नत्र भोलि किनारमा बसेर रामराम भन्नु सिबाय केही हुने छैन !हो भोलिका दिनमा प्रचण्ड लाल्धोज र किरणहरु नहुनपनि सक्छन तर सस्था जिबन्त रहिनै रहन्छ वा रहनु पर्छ भन्ने हो भने हामीले यो वा त्यो कसैको धोति समायर छ्यणीक खोला तर्ने प्रवृति आजै त्याग्नु पर्छ किनकी हामीले त सागर पार गर्नु पर्ने छ भन्ने भुल्नु हुन्न संगै ति सारथीहरुले पनि आआफ्नो निहित स्वार्थ छोडेर सस्था बचाउन तर्फ जोड गर्नु पर्ने हुन्छ नत्र इतिहासले उनीहरुलाई पनि माफी दीने छैन !त्यसैले मैले भन्दै आयको छु नेपाली माओबादी सस्थालाइ जोगाइ रहनको लागि त्यसका सबै कार्यकर्तानै लाग्नु पर्छ नकी भत्काउन होइन !हो माओबादी सकियो भने उ आफ्नै रागले पिरोलेर सकिन्छ उसलाई अरु कुनैपनि बाहिरि तत्वोले सिध्याउन सक्दैन त्यो कुरा सबैले मनन गर्नु जरुर छ !त्यो सस्था तुइनु भनेको जनताको आशा कुहिनु हो भन्ने सबै नेपाली माओबादी हरुले बुझुन ,एकले अर्कोलाई सम्मान गर्न शिकौ ,कसैले कसैको अन्धोभक्ति भजन कृतन नगावौ,यस भित्रका कुसस्कर र कुरीतिहरुलाई भगावौ र बिसुद्ध जनताको हितमा र देशोन्नतिको मार्गमा आजै जुटौ त्यसमै हामी सबैको कल्याण हुनेछ !!
(बिश्लेषक ,लामो समय देखि नेपालको माओबादी आन्दोलनसंग नजिक रहेर कामगदैॅ आउनुभएका एक अनुभबि सकरात्मक सोच राख्ने युवा हुन ॥)

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु