माओबादीभित्र देखिएको तीब्र ध्रूवीकरण : परिवर्तनको संकेत – भोला घिमिरे

२०७३ भाद्र ११ गते, शनिबार

माओबादीभित्र देखिएको तीब्र ध्रूवीकरणले नेपालमा छिटै परिवर्तन देख्न पाइन्छ कि भन्ने आसका मुनाहरु पलाउन थालेका छन् । कोहि संसदीय व्यवस्थाको फोहोरी खेलमा पसेर एकताको नारा लगाइ रहेका बेला नेकपा (माओबादी) ले गरेको ध्रूवीकरण तथा एकताले आम क्रान्तिकारी नेपाली जनता र माओबादीप्रति आस्था राख्ने शुभचिन्तकलाई हौसला दिएको छ । एमाओबादीमा क्रान्तिकारी माओबादीबाट बादल गुट बिलय भएर बनेको माओबादी केन्द्र र माओवादी केन्द्रले समातेको संसदबादलाई भत्काउन नेकपा (माओबादी)ले अघिसारेको ध्रूवीकरणको योजनालाई थप सजिलो बनायो । निस्सय पनि आम नेपालीले माओबादी पार्टीहरुलाई निहाली रहेका बेला कथित संविधान कार्यान्वयनमा माओबादी केन्द्र लाग्नुले पनि माओबादी बिचमा ध्रूवीकरणको बाटो खुल्ला भएको थियो । यसै सन्दर्भलाई जोडेर हेर्ने हो भने अब माओबादी केन्द्रको अस्तित्व र नेकपा (माओबादी) को अस्तित्व के भन्ने प्रश्न पनि उठ्न सक्छ ।
नेपालमा माओबादी आन्दोलनलाई फेरि संर्घषको मैदानबाट पुनरजिबित गर्न र नेपाली जनतालाई अधिकार सम्पन्न बनाउदै समृद्धिको बाटोमा अगाडि बडाउने उद्देस्य सहित क्रान्तिमा होमिएर जनताको राज्यसत्ता निर्माण गर्ने हुनेछ भने माओबादी केन्द्रको त्यसको ठिक उल्टो हुने देखिन्छ । संसदीय ब्यवस्थालाई बचाउन र मलजल गर्दै पुराना प्रतिक्रियावादीहरुसँग मिलेर नेकपा (माओबादी) लाई सिध्याउने खेल र संसदीय ब्यवस्था सहितको संविधानलाई कार्यन्वयन गराउनु माओबादी केन्द्रको मुख्य उद्देश्य देखिन्छ । यी दुई संघर्षमा नेकपा माओबादीले हा¥यो र माओबादी केन्द्र सहितका प्रतिक्रियावादी तत्वहरुले जिते भने या प्रतिक्रियावादी तत्व सहित माओबादी केन्द्रले हा¥यो र नेकपा (माओबादी)ले जित्यो भने यी दुई पार्टीको अस्तित्व के हो र के रहन्छ भन्नेमा भर पर्छ । तर देशको राजनीतिक अस्थिरतालाई मध्यनजर गर्दै आम नेपाली जनताले एकपटक सोच्न जरुरत देखिन्छ । अस्थिर राजनीतिको प्रभाबले देशमा देखाएको सङ्कट र भारतीय बिस्तारबादको हालीमुहालीसँगै राष्ट्रिय स्वाधीनताको प्रश्न पनि उठिरहेको छ । लाखौं युवा युवतीहरु रेमिटेन्सको लोभमा राज्यले दैनिक बेचिरहेको छ । हजारौ युवा युवतीहरु बिचल्लीमा छन् । त्यतातिर राज्यको ध्यान नगएको तर सत्ता परिवर्तनमा भने लिप्त भएर लागेका नेपालमा स्थापित भनिएका कथित नेताहरुको विरुद्धमा नेकपा (माओबादी) ले सस्लेसण गरेको एकीकृत जनक्रान्तीमा आवद्ध बनेर मृत्यु या मुक्तिको कफन बाधेर मैदानमा उत्रनु जरुरत छ । यसलाई एउटा व्यक्ति या पार्टीमात्र नमानौ बिचार र आदर्स मानौँ । सहिदको सपनालाई तुहिन दिनुहँुदैन । सहिदको रगतले भिजेको माटोलाई हामीले कायापाटल फेर्नु छ । नेपाली जनता उत्पीडित जाती, बर्ग, क्षेत्र, लिंगको मुक्तिको लागि पनि अब हामीले ढिलो गर्नु हुँदैन । यहि अवस्थामा रमाउने र झुटा सपना देखाउने कथित ढकदार नेताहरुको मात्र बोली हो, बोलीले ब्यवस्था परिवर्तन हुँदैन । ब्यवस्था परिवर्तनको लागि अथक संघर्ष चाहिन्छ । त्यही संघर्षको मैदानमा नेकपा (माओबादी) ओर्लिएको बेला तपाईं हामी सबैले साथ दिनु जरुरत छ । पुँजीवादी राज्यसत्ता र जनबादी राज्यसत्ता बिचको संघर्षमा हामी एकताबद्ध भएर पुँजीवादी यथास्थितिवादी दलाल राज्यसत्तालाई नपल्टाए आउने हाम्रो पुस्ताले हामीलाई पनि दोसि ठह¥याउने छन् । आउ सबै मिलेर एकपटक प्रतिक्रियावादी राज्यसत्तासँग लडौँ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु