माओबादीद्वारा पुनः जग्गा कव्जा

२०७३ असार १४ गते, मंगलवार

काठमाडौ, १४ असार । नेकपा माओबादीले कपिलवस्तुको बाणगंगा ८ बभनीमा जग्गा कव्जा गरेको छ । सो स्थान निवासी भारतिय नागरिक शिवानन्द कुर्मिको पहिलेनै कव्जा गरिएको जग्गा निज कुर्मिले साविक पटना गाविस निवासी प्रदिप कुर्मीको नामबाट स्याङ्जा बानेचोक देउराली गाविस १६ निवासी अमृत सेन लाई विक्रि गरेको भन्दै पुनः कव्जा गरेको जनाएको छ ।
भारतिय नागरिक शिवानन्द कुर्मिले गाँउकै पल्टु थारुको जग्गा खाइदिएको , स्थानिय बासी संगको लेनदेन नतिरेको , आफु खेति नगर्ने र अरुलाई कजाउने गैरजमिनदार भएको तथा भारत र नेपालको दोहोरो नागरिकता लिएको भन्दै माओबादी ले दुइबर्ष अघि निजको जग्गा कव्जा गरको थियो । तर आफ्नो गल्ती सच्चाउनुको साटो कव्जा जग्गा अर्काको नाम हुँदै विक्री गरेको भन्दै विप्लव माओबादी कपिलवस्तु सेक्रेटरी संगम पुन नेतृत्वको टोली ले जग्गा पुनः कव्जा गरेको माओबादी कपिलवस्तु ले जनायो । उक्त जग्गा गत जेष्ठ १४ गते कुर्मिले सेनको नाममा पास गरिदिएका थिए । सत्यतथ्य जाँचको आधारमा ठिक एकमहिना पछी माओबादीले जग्गा मा फेरी झण्डा गाडेको हो । कव्जा जग्गा पार्टीको स्वामित्वमा रहने र कुनैपनी हालत मा अमृत सेनलाई उपभोग गर्न नदिइने नेकपा माओबादी कपिलवस्तुले जनाएको छ । – सोनु कुमार सुनार

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु