माओबादीद्वारा जग्गा कब्जा

२०७१ फाल्गुन १३ गते, बुधबार

काठमाडौँ ।नेकपा माओवादीले गोरखा जिल्लाको ११ किलामा रहेको शंकर धिताललको करिब ५० रोपनी भन्दा बढी जग्गा र एउटा घर कव्जा गरेको छ । माओवादी तमुवान राज्य ईच्जार्ज साबित्रा दुराले पार्टीको झण्डा गाडेर जग्गा कब्जा गरेको घोषणा गरिन् । माओबादीले केही दिन अगाडी भण्डाफोर तथा भष्टाचारी बिरुद्ध अभियान चलाउने र्निणर्य बमोजिम आन्दोलनको सूरुवात ऐतिहासिक जिल्ला गोरखा बाट सुरु गरिएको दुराले उद्घोष गरिन ।
माओवादीले अब धिताल जस्ता भष्टचारीलाई कारवाही सुरु गरेको भन्दै जग्गा कब्जा गरेको उद्घोष गरेको थियो ।कब्जा गरिएको जग्गामा कुनैपनि क्रियमकलाप तथा बेचबिखन गरेमा कारवाही गरीने माओवादीले बितरण गरिको अपिलमा उल्लेख गरिएको छ ।
धितालले उक्त क्षेत्रका दशजनामा स्यानियहरुको जग्गा किर्त गरि आफ्नो नाममा ल्याएको माओवादीले आरोप लगाएको छ । वकिल पेशामा आबद्ध रहेका धितालले गाउँका सोझा–साझा जनतालाई बिभिन्न बाहानामा फसाएर जग्गा हडपेको माओवादीले उल्लेख गरेको छ। गोरखाका दश जना मानिसहरुको नाम उल्लेख गरेको अपिलमा बिनाशर्त किसानको जग्गा फिर्ता गर्ने भनिएको छ ।

प्रतिक्रियाहरु