माईक्रो र ट्रक ठोक्किदा तीन जनाको मृत्यु, सात जना घाईते

२०७५ असार १ गते, शुक्रबार

काठमाडौँ, १ असार । चितवनको इच्छाकामना गाउँपालिका–४ चुम्लिङटारमा माईक्रो बस र ट्रक एक आपसमा ठोक्किदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाईते भएका छन् । काठमाडौंबाट नारायणगढ आउँदै ना६ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७६९२ नम्बरको माईक्रो बस एक आपसमा ठक्कर खादा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन । घाईतेलाई भरतपुरतर्फ ल्याउँदै गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार ट्रक सडकबाट ५० मिटर तल खसेको छ । विहान ७ः२० मा भएको सो दुर्घटनामा परि ट्रक र माईक्रोका चालक सामान्य घाईते भएका छन् । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार