माअाेवादी काठमाडाैँकाे जिल्ला सम्मेलन हुदै

२०७३ माघ ५ गते, बुधबार

काठमाडाैँ, ५ माघ । आजबाट नेकपा (माओवादी) काठमाडौंको जिल्ला सम्मेलन हुने बताएको छ । सम्मेलन उद्घाटन अघि काठमाडाैँका चवहिल,सुनधारा, कलंकी, सामाखुशी, वानेश्वरलगायतका क्षेत्रबाट जुलुसकाे तयारी पनि भइरहेकाे माओवादी काठमाडौंले बताएको छ । ठाउँठाउँबाट अाएकाे जुलुस शान्तिवाटिकामा पुगेर संयुक्त रुपमा पुरानाे बसपार्क-शहिद गेट-सुन्धारा हुँदै पुनः शान्तिवाटीकामा पुगेर सभामा परिणत हुने केन्द्रीय सदस्य तथा काठमाडाैँ सेक्रेटरी माइला लामाले बताए ।
सम्मेलनकाे बन्दसत्र भाेलीबाट सुरु हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । दिउँसो १२ बजे सबै जुलुस शान्तिबाटीकामा अाइपुग्ने लामाले बताए । उद्घाटन समाराेहलाई पार्टीका केन्द्रीय नेताहरुले सम्बाेधन गर्ने माअाेवादी काठमाडाैँले जनाएकाे छ ।

प्रतिक्रियाहरु