माअाेवादीको शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरी हस्तक्षेप

२०७३ श्रावण ९ गते, आईतवार

काठमाडौं, ९ साउन । नेकपा माअाेवादीकाे शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । भोलिको नेपालबन्दकाे पूर्व सन्ध्यामा माअाेवादीले आज राजधानीकाे शान्तिबाटीमा शान्तिपूर्ण विराेध कार्यक्रम गरिरहेकाे बेला प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले माअाेवादीका पाेलिटब्युराे सदस्यहरू इश्वरी दाहाल , अाेमप्रकाश पुनसहित ३२जना भन्दा बढी नेता तथा कार्यकर्तालार्इ गिरफ्तार गरेकाे छ । गिरफ्तार गरिएका अन्य नेता कार्यकर्ताहरूमा पुरुषोत्तम सापकोटा, राजु कार्की, रत्न मगर, हिरा शाही, पूर्ण श्रेष्ठ, प्रेम ढकाल, ओम बुढा, हुकुम खड्का, दिलिप थापा , वीरबहादुर कठायत,, सुजन रायन, करणसिंह बडाल, गणेश बोहोरा, सुशील हमाल, अर्जुन कटुवाल, दुर्गा अछामी, ज्ञानकाजी तामाङ, केशव चौलागाईं, सुनिल ढुंगाना, लोकेन्द्र बिस्टलगायत रहेका छन् ।
यसरी आफ्नो शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरी आफ्ना नेता तथा कायकर्तालाई पक्राउ गरेकोमा माअाेवादीका प्रवक्ता प्रकाण्डले घोर आपत्ति जनाएका छन । प्रवक्ता प्रकाण्डले प्रहारीले पक्राउ गरेका आफ्ना नेता तथा कायकर्तालाई तत्काल बिनासर्त रिहा गर्न माग गरेका छन । अन्यथा स्थिति भयाबह हुन सक्ने र त्यसको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु