माअाेवादीको मसाल जुलुसमा प्रहरी हस्तक्षेप, दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

२०७२ श्रावण ११ गते, सोमबार

काठमाडाैँ, ११ साउन । नेकपा माअाेवादीले नेपाल बन्दको क्रममा गिरफ्तार परेका आफ्ना नेता तथा कार्यकर्ता नछाेडेकाे भन्दै अाज देशभर मसाल जुलुस प्रदर्शन गरेकाे छ । यसै क्रममा मसाल जुलुस सम्पन्न गरी घर फर्कदै गर्दा गुल्मीको तम्घासवाट माअाेवादी गुल्मीका सेक्रेटरी बिष्णु पन्तलगायतलाइ प्रहरीले पक्राउ गरेको छ । गुल्मीको तम्घासवाट पकाउ पर्नेमा चिन्तामणि ज्ञवाली ,तन बहादुर बिक , पुरुसोत्तम अधिकारी , प्रसान्त बराल , पूर्ण तरामो , बुद्दीसगार पोखरेल रहेको माओबादी गुल्मीले जनाएको छ ।
यसैगरी , माओबादीले आज मसाल जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी झापाबाट जिल्ला सेक्रेटरीसहित २१ जना र उदयपुरको गाइघाटवाट ८ जना नेता तथा कार्यकर्तालाइ प्रहरीले पक्राउ गरेको माओबादीले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु