महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अनिश्चितकालिन तालाबन्दी

२०७४ फाल्गुन १३ गते, आईतवार

काठमाडौं, १३ फागुन । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजलाई नवस्थापित राजर्षि जनक विश्वविद्यालयमा गाभ्ने सरकारी निर्णायको विरोध गर्दै आजदेखि अनिश्चित तालाबन्दी गरिएको छ । नेपाल प्राध्यापक संघ क्याम्पस एकाइ राजविराजको नेतृत्वमा क्याम्पसका प्राध्यापक, शिक्षक तथा कर्मचारीले उक्त निर्णय नसच्याइएको भन्दै क्याम्पसको मूलढोकामै तालाबन्दी गरेको क्याम्पसका निर्मल न्यौपानेले बताए ।
विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ ।
सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।

प्रतिक्रियाहरु