महिला नेतृ कल्पना ५ बर्षे छोरासहित गिरफ्तार ।

२०७६ बैशाख ११ गते, बुधबार

काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिस्ट पार्टीको जिल्लास्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ । गत राती आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेको आमा छोरालाई गिरफ्तार गरेको हो । उनको ५ बर्षिय छोरा सहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
यसैबीच, गत राती आफ्नो ५ बर्षे छोरासहित गिरफ्तार परेकी नेकपा रुपन्देहीका जिल्ला नेता कल्पना सुवेदीलाई तत्काल रिहा गर्न माग गर्दै ्विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एक विज्ञप्ती सार्वजनिक गरेको छ । जिल्ला सेक्रेटरी अमर आरसीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा ‘क्रुर शासकले अपराधीलाई जस्तै व्यवहार गरी एउटा बच्चासँगको आमालाई मध्यरातमा प्रहरीले गिरफ्तार गर्ने जुन हर्कत गरेको छ, यस्ले कथित कम्युनिष्ट नामको सरकारको चरित्र उदांगो पारेको छ ।’ भन्दै ‘विनाकसुर राजनैतिक आस्था र विचारकै कारण आफ्नो ५ बर्षे छोरासहित गिरफ्तार पर्नुभएकी पार्टीको जिल्ला नेता कल्पना सुवेदीको तत्काल रिहाईको माग गर्दछौं । साथै यस्तो गम्भीर मानवअधिकार उल्लंघनको घटनाप्रति मानवअधिकारवादी, ईन्सेक, पत्रकार तथा सबै सरोकारवालाहरुको ध्यानाकर्षण गर्न चहान्छौं ।’ विज्ञप्तीमा भनिएको छ ।
आफ्नो पार्टीका नेता तथा शुभचिन्तकलाई लामो समयदेखी गैरन्यायीक हिरासतमा राखेको भन्दै सवैलाई तत्काल नछोडे कडा संघर्षमा जाने चेतावनीसमेत पार्टीले दिएको सो पार्टीले विज्ञप्तीमार्फत दिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु