महिलामाथि ‘अश्लिल हर्कत’ गर्ने युवक एक वर्षपछि पक्राउ

२०७६ पुष २९ गते, मंगलवार

काठमाडौं, २९ पुष । एक वर्षअघि सार्वजनिक सवारीभित्रै हस्तमैथुन गरेर महिलाको टाउकोमा वीर्य फालेकाे भिडियाे भाइरल भएकाे थियाे । साे घटनामा संलग्न व्यक्तिलाई प्रहरीले १ वर्षपछि पक्राउ गरेको छ । स्वयम्भु रुटमा चल्ने सार्वजनिक गाडीभित्रै एक युवकले अश्लिल हर्कत गरेका थिए । सो घटनाबारे एक वर्षदेखि प्रहरी अनुसन्धानरत थियाे । ती युवकलाइ प्रहरीले सोमबार बेलुकी चितवनबाट पक्राउ गरी काठमाडाैं ल्याएको जानकारी दिएकाे छ । पक्राउ पर्नेको नाम भने खुलाइएको छैन । आज (मंगलबार) बिहान ११ बजे पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत जानकारी दिने प्रहरीले बताएकाे छ । पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकार गरेकाे प्रहरी स्राेतकाे दाबी छ ।
गत साल कार्तिकमा एक व्यक्तिले हस्तमैथुन गरेर बसमा यात्रा गरिरहेकी युवतीको कपालमा आफ्नो वीर्यपतन गरेकाे भिडियाे सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेपछि यसले प्रहरीलाइ नै हैरान बनाएकाे थियाे । त्यसपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेकाे थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

पेस्तोलसहित एकजना पक्राउ

२०८० चैत्र १६ गते, शुक्रबार

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार