महिलाको वजन आधा टन !

२०७३ कार्तिक १० गते, बुधबार

काठमाडौँ, १० कात्तिक । इजिप्टकी ३६ वर्षीय इमान अहमद अब्दुलाती २५ वर्षदेखि घर बाहिर निस्किएकी छैनन् । अढाइ दशक यता अधिकांश समय उनी आफ्नै ओछ्यानमा रहँदै आएकी छन् । पछिल्लो समय बाहिरी दुनियाँ कस्तो छ भनेर झ्यालबाट चिहाउन पनि नसक्ने अवस्थामा छिन् उनी । किनकी उनी आफ्नो शरीर नै थेग्न नसक्नेगरी मोटाएकी छन् । उनको वजन आधा टन अर्थात् ५ सय किलो पुगिसकेको छ । उनी विश्वकै सबैभन्दा मोटी जीवित महिला हुन् । उनी आफ्नो हातले खाना खान पनि असमर्थ छिन् । खाना खानका लागि उनले अरुको सहायता लिनु पर्दछ । उनी जन्मदा नै ५ किलो वजन थियो । १०/११ वर्षमा उनी आफ्नो वजनकै कारण हिँड्न नसक्ने भएकी थिइन् ।
उनको शरीरमा एक प्रकारको संक्रमणका कारण वजन बढेको बताइएको छ । उपचारका लागि पर्याप्त रकम नभएका कारण परिवारले सरकारसँग सहयोगको याचना गरेको छ । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु