महिलाकाे मुक्ति र अात्मसम्मानकालागि एकीकृत जनक्रान्ति – ओमप्रकाश पुन

२०७४ फाल्गुन २४ गते, बिहीबार

अाज १०८ अाै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस नेपाल लगाएत संसार भरिका महिलाहरुले मनाईरहेका छन् । खास गरेर सन १९०८ मार्च ८ काे दिन अमेरिकाको शिकागो सहरमा महिलाहरूले समान अधिकार काे नारामा अान्दोलन गरि अधिकार प्राप्त गरेको र पछि सन १९१० मा काेपनहेगनमा भएको अन्तराष्ट्रिय महिला सम्मेलनमा जर्मनीको माक्र्सवादी महिला नेतृ क्लारा जेट्किनले ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव राखि पारित भए पछि दिवसको रुपमा मनाउन थालिएको हाे । यसरी याे दिवस मनाईरहदा यसलाई मनाउने र बुझ्ने सवालमा तीनवटा प्रवृत्ति र शैलिहरु देखापरेका छन् । पहिलो, याे दिन लामाे संघर्षका बावजुत महिलाहरूले पितृसत्तात्मक पुजीवादी / साम्राज्यवादी /सामन्ती उत्पिडनबाट सिमित र कागजमा मात्रै भए पनि अार्थिक,सामाजिक र राजनितिक अधिकार प्राप्त गरेकाे दिनका रुपमा क्रान्तिकारी महिलाहरुले त्यसको संझना गर्दै थप अधिकार प्राप्तिका लागि अघि बढ्ने संघर्ष डे अर्थात संघर्ष दिवसका रुपमा मनाउछन् । दाेश्राे, पुजीवादी र एनजीओ / अाईएनजिअाे खेमा अन्तरगतका महिलाहरुले यसलाई खानपिन र मनाेरंजन दिवसका रुपमा मनाउछन् जसकाे संबन्ध न त अान्दोलन र क्रान्ति संग छ न त थप अधिकार प्राप्ति गर्ने उद्देश्यसंग छ । बरु याे बर्गका महिलाहरुले छाडा पुजीवादी अधिकारकाे वकालत गर्ने र श्रमिक महिलाको नाममा छुट्याइएको बजेट र सेवासुबिधा लुट्ने काम मात्रै गरेका छन् र एक खाले महिला बर्गलाई क्रान्तिकारी महिला अान्दोलन बाट बिमुख बनाउने खेल खेलिरहेका छन् ।् यिनले यस्ता कार्यक्रम र सेमिनारहरु ठुला ठुला हाेटेल र पार्टी त्यालेसहरुमा गर्छन् । तेस्रो खाले महिलाहरुले यसलाई कर्मकाण्डिय प्रकारले मनाउछन् र समान्य सुधार र अधिकारका कुरा गर्छन् । यिनिहरुले रणनीतिको सवालमा क्रान्ति का कुरा , जनवाद र बैज्ञानिक समाजवादका कुरा तर कार्यनीति र तत्कालीन ब्यबहारमा संसदबादकाे उपयाेगका कुरा गर्छन् । याे खासमा सुधारवादी / संशोधनवादी धाराका महिलाहरुकाे जमात हाे । यिनिहरुले समान्यतया याे दिवसलाई सिमित अन्तरक्रिया र छलफलमा सिमित गर्छन् र महिला अान्दाेलनलाई गाेलचक्करवाद घुमाउदै अन्ततः सुधारवाद र पुजिवादमा लगेर मिसाउछन् । तर पहिलो खेमाका क्रान्तिकारी महिला र तिनका संगठनहरुले भने सबै खाले सुधारवाद र प्रतिक्रियावादका बिरुद्ध निर्मम संघर्ष मा जाेड दिन्छन् र याे दिवसलाई सडकमा बलिदान दिवसको रुपमा मनाउछन् । तर बिडम्वना क्लारा जेटकिन लगाएतका संघर्षशिल समाजवादी महिला नेताहरुले शुरु गरेको र श्रमिक महिलाको अधिकार संग जाेडिएकाे याे दिवसलाई पुजीवादी र एनजीओ कर्मि महिलाहरूले अपहरण गर्दै यसकाे मुल अात्मलाई नै भ्रष्टिकरण गरिरहेका छन् । श्रमिक महिला दिवस श्रमचाेर पुजिजिबि महिलाहरुले मनाउने र श्रमिक मजदुर दिवस पनि श्रम चाेर पुजिपती मालिकहरुले मनाउने गलत प्रचलन र संस्कार पुजीवादीहरुले चलाईरहेका छन् । यसलाई श्रमजीवी र क्रान्तिकारीहरुले क्रस गर्नु पर्छ । श्रमिक महिला दिवसकाे नाममा बिदा र सेवा सुबिधा शासन सत्तामा बसेका ले लिईरहेका छन् तर वास्तविक श्रमिक महिलाले यसकाे अनुभुति सम्म गर्न पाएकाे छैन र अाजकै दिन मालिकहरुकाे श्रम शाेसनमा परिरहेको छ । अझ भनाै अाफ्नाे याे महिला श्रमिक दिवसकाे नाम सम्म पनि सुन्न पाएकाे छैन त्याे श्रमिक बर्गकाे महिलाल तर सडक र कार्यक्रममा श्रमिकको खुन पसिना साेसेर बाेसाे लगाएका सेता गाेदाहरुकाे तामझाम निकै देखिन्छ र जनताको बजेटमा रजाइँ गरिरहेकाे छ । त्यसकारण बास्तबिक श्रमिक महिलाहरुले याे दिवसको महत्त्व र गरिमालाई बुझ्न जरुरी छ । याे दिवस मनाउने सवालमा देखा पर्ने पुजीवादी धारा, सुधारवादी धारा र क्रान्तिकारी धाराका बिचकाे अन्तरबिराेध र अन्तरसंबन्धलाई सहि प्रकारले पहिचान गरि क्रान्तिकारी हस्तक्षेप गर्न जरुरी छ । अहिलेको दलाल पुजिवादले महिला हिंसा र उत्पिडन झनै बढाएको छ । अहिले कथित कम्युनिस्टको नाममा सत्तामा बसेका समाजिक दलाल पुजीवादीहरुले श्रमिक महिला र सिंगो श्रमजीवी बर्गमा सामाजिक फाँसिवाद लाद्ने क्रम बढाएकाछन् । यश परिबेशमा क्रान्तिकारी महिलाहरूले यश श्रमिक महिला दिवसकाे अवसरमा दलाल पुजिवादकाे भण्डाफाेर, पुजीवादी धाराका बिरुद्ध राजनितिक संघर्ष र सुधारवादी धाराका बिरुद्ध बैचारिक संघर्ष काे उठान, एकीकृत महिला अान्दोलन काे बिकास गर्ने कुरामा जाेड दिनु पर्छ । नेपालकाे क्रान्तिकारी महिला अान्दोलन काे इतिहासलाई बचाउदै अहिले काे चेतना, परिबेश, बिकास , प्रबिधि र बिचारकाे नयाँ शंस्लेशन सहित सबै खाले पुजीवादी र सुधारवादी बिभ्रमहरुलाई चिर्दै अगाडि बढ्नु पर्ने छ । तसर्थ याे १०८ अाै श्रमिक महिला दिवसले सबै खाले उत्पिडनका बिरुद्ध संघर्ष गर्दै महिलाहरुकाे पुर्ण मुक्ति र अात्मसम्मान प्राप्त हुने राजनीतिक ब्यवस्था बैज्ञानिक समाजवाद स्थापना गर्ने र दलाल पुजिवादलाई जरैदेखि उखेलेर फाल्ने एकीकृत जनक्रान्तिकाे महान अभियानमा लामवद्ध हुने प्रेरणा प्रदान गराेस ।

प्रतिक्रियाहरु