महाेत्तरीमा डकैती

२०७६ असार १९ गते, बिहीबार

काठमाडौं, १९ असार । गएराति महोत्तरीको बर्दिवास नगरपलिका ६ र ७ प्रेमनगरमा १०-११ जनाको समुहमा आएका डाँकाहरुले सुनचाँदी, नगद गरी करिब १५लाख बराबरको धनमाल लुटेर फरार भएका छन् । डाँकाहरु सो गाउँका १ किमिको फरक क्रमबद्ध रुपमा २ घरमा लुटपाट मच्चाएका छन् । सोही वडा बस्ने वडा ७ का रामसुनर महतो, वडा ६ का चन्देश्वर महतोको घरमा डकैती भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएकाे छ । लुटेराहरुमध्ये एकजना हतियार सहित पक्रउ परेका छन् ।
सलार्हीकाे चन्द्रपुर गाउँपालिका वडा ६ बस्ने वर्ष ४० का देवनरायण कापड हतियारसहित पक्राउ परेकाे प्रहरीले जनाएकाे छ । डाकाहरु भाग्ने क्रममा गाउँलेहरुले लखेट्दै नजिकै रहेका बडहडी खोलामा पुग्दा दोहरो भिडन्त भएकाे थियाे ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

मुग्लिनमा सडक दुर्घटना : आठ जना घाइते

२०८० चैत्र १५ गते, बिहीबार

१५ किलो चरेस बरामद

२०८० चैत्र १४ गते, बुधबार