महाभियाेग राजनीति : जाेगिने, जाेगाउने – भरत दाहाल

२०७३ कार्तिक ६ गते, शनिबार

लाेकमान महाभियाेग प्रकरणमा रैतीहरूमाथि रञ्जीत रे ले प्रदर्शन गरेकाे नाङ्गाे शासनले साे प्रकरणकाे समापन कस्ताे हाेला भन्ने तस्वीर देखार्इ सकेकाे छ । लाेकमानलार्इ अख्तियारकाे प्रमूख अायुक्त बनाउन दिल्लीकाे प्रस्तावमा सर्वसम्मति जनाएकाहरूले लाेकमानकै हातबाट शिकार बनार्इने भयले महाभियाेगकाे प्रस्ताव त दर्ता गरेर लाेकमानलार्इ ससम्मान जागिरबाट विदा दिने र अाफू सुरक्षित हुने बाटाे मात्र खाेजेका हुन्, यीनीहरूबाट प्रस्ताव पारित गर्न संभव छैन । किनभने लाेकमानमाथि महाभियाेग प्रस्ताव पारित गर्दा उनलार्इ प्रमूख अायुक्त बनाउँदा भएकाे अपराधिक खेलकाे लहराे तानिन्छ ।
महाभियाेग प्रस्ताव अाफू पनि जाेगिने र लाेकमान पनि जाेगाउने रणनीति हाे । याे रञ्जीत रे ले दलालहरूलार्इ निर्देशन दिए जस्तै सुरक्षित अवतरणकाे उपायमा गएर टुंगिन्छ । अाफ्नै दललार्इ मूर्दावाद भन्दै मधेशवादी जुलुसमा हिंड्ने अमरेशकुमारलार्इ प्रष्टिकरण लिन नसक्ने कांग्रेस, कराेडाैं पैसा ख्वाएर अाफू सांसद भएकाे बयान दिने राज्यलक्ष्मी गाेल्छालार्इ दाेसल्ला अाेढाउने एमाले र लाेकमानलार्इ प्रमूख अायुक्तमा प्रस्ताव गर्ने एमाअाेवादीले रञ्जीत रे काे अादेश उल्लंघन गर्नका लागि नेपालभित्रकाे बाह्य शक्ति सन्तुलन उल्टिनु पर्छ ।

प्रतिक्रियाहरु