महान् दश वर्षेे जनयुद्धको बिरासत र प्रतिक्रान्तिको हावा हुन्डरी – हस्तबहादुर केसी

२०७६ फाल्गुन १ गते, बिहीबार

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा वि.सं. २०५२ फाल्गुन १ गतेदेखि २०६२ सालस नेपालमा महान् जनयुद्ध संचालन गरियो । “ प्रतिक्रियावादी राज्य सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी राज्य सत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौ “भन्ने मूल नाराका साथ र “विद्रोह जनताको अधिकार हो, जनयुद्ध–जिन्दावाद” भन्ने गगनभेदी नारा घन्काउदै सञ्चालन गरिएको महान् दश वर्षे जनयुद्ध नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक लगायत हरक्षेत्रमा आमूूूल परिवर्तन गर्ने महान् उद्देश्यका सञ्चालन गरिएको उक्त दश वर्षे जनयुद्ध नेपाली समाजको समग्र युद्ध थियो । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) द्वारा सञ्चालन गरिएको जनयुद्धका क्रममा छापामार दस्ता हुँदै जनमिलिसियाका कमरेड माओ त्सेतुङको निधनपश्चात् चीनमा समेत प्रतिक्रान्ति भएर विश्व सर्वहारावर्ग र समस्त श्रमजीवि तथा उत्पीडित राष्ट्रहरु मुक्तिकामी जनताका बीचमा ब्यापक निराशा पैदा भइरहेको विश्व परिस्थितिमा नेपाला एक शक्तिशाली जनमुक्ति सेना (लालसेना) को निर्माण हुन पुगेको थियो । त्यसले विश्व जनसमुदायलाई एउटा साहस र गौरवको अनुभूति जगाइदिएको थियो ।
सोभियत रुसपछि पूर्वी युरोपका देशहरु र चीनलगायत हिन्दचीनका मुलुकहरुमा प्रतिक्रान्ति भएर विश्वस्तरमा एक प्रकारको निरासा छाइरहेको अवस्थामा नेपाल जस्तो एउटा पिछडिएको अर्धसामन्ती र अर्धऔपनिवेशिक हिमाली राज्यमा दश वर्षका बीचमा जुन भीषण वर्ग संघर्ष चल्यो र त्यस प्रक्रियामा नेपालका ग्रामीण इलाकाहरुमा आधार इलाकाहरु बन्न पुगे । नयाँ जनसत्ताहरुको निर्माण भए । जनअदालत र जनकम्युनहरु बन्न पुगे । त्यस्तै जनसरकार बन्न पुगे र देशको करिब ८० प्रतिशत भू–भाग र जनताको जनसंख्या माओवादीको कब्जामा जान सफल भइरहेको थियो ।
त्यस महान् जनयुद्ध नेपाली जनताको मात्रै नभएर विश्व जनताकै लागि पनि एक आशा र भरोसाको केन्द्र बनिसकेको थियो । त्यति मात्र होइन, त्यस महान् जनयुद्धको प्रक्रियाअन्र्तगत नेपाली जनताको ठूलो त्याग र बलिदानले गर्दा जनयुद्धको महानता र गौरव अरु बढेर गएको थियो । किनभने त्यस जनयुद्धको अवधिमा करिब १० औँ हजारभन्दा बढी नेपाली आमाका आँटी तथा असल छोराछोरीले शाहदात प्राप्त गरेका थिए । हजारौंको संख्यामा नेपाली जनतालाई तत्कालीन प्रतिक्रियावादी सत्ताले ज्यान बेपत्ता पारेको थियो र त्यस्तै हजारौंको संख्यामा नेपाली जनताका छोराछोरीहरुलाई घाइते र अपांग तुल्याइदिएको थियो । यी ऐतिहासिक परिघटनाहरुले महान् दश वर्षेे जनयुद्धको महानता र महत्वलाई बढाइदिएको हो । लाखौं नेपाली जनताको बिचमा विकसित भइरहेको त्यस ऐतिहासिक जनयुद्धको प्रक्रियामा महान् नेपाली नयाँ जनवादी क्रान्तिलाई विजयको शिखरमा पु¥याइदिएर नौलो नेपाल निर्माण गर्ने लक्ष्यका साथ हजारौंको संख्यामा नेपालको युवा पंक्ति ज्यानलाई आहुति दिएर क्रान्तिमा हामफाल्न सहिदहरुको पंक्तिमा आफ्नो नाम समावेश गर्न प्रतिस्पर्धा गर्ने वातावरण सिर्जना भइरहेको थियो । आमनेपाली जनता महान् जनयुद्धको प्रक्रियामा लामबद्ध बन्दै गइरहेको अवस्था सृजना भइसकेको थियो । र, विश्वको एक मानचित्रमा एउटा हिमाली देश नेपालमा सूर्यको विहानी किरणसंगै महान् नयाँ जनवादी क्रान्तिको जन्म हुँदै थियो
त्यही परिस्थितिमा २०६२ असोज (कार्तिकमा तत्कालीन नेकपा (माओवादी) चुनवाङमा सम्पन्न बैठकले सशस्त्र जनयुद्धको कार्यदिशा र कार्यक्रमलाई स्थगित गरी “लोतान्त्रिक गणतन्त्र” पुँजीवादी संसदीय कार्यदिशा पारित गर्न पुग्यो । शान्तिप्रक्रियामा गरेपछि वर्षेे जनयुद्धको नेतृत्व गरेर आएका पुष्पकमल दाहाल प्रचण्ड र बावुराम भट्टराइमा ब्यापक रुपमा वैचारिक विचलन आयो । त्यसपछि ती दुवैजनाले घरेलु प्रतिक्रियावादीहरु र वैदेशिक शक्तिका रुपमा रहेका अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका सामु वर्गीयरुपमा र राजनीतिक रुपमा समेत आत्मसमर्पण गर्न पुगे र महान् नेपाली क्रान्ति र महान् नेपाली जनतामाथि विश्वासघात र गद्दारी गर्न पुगे ।
सबैलाई थाहै छ कि प्रचण्ड – बावुुरामद्वारा महान् दश वर्षेे जनयुद्धको प्रक्रियामा निर्माण गरिएका आधार इलाकाहरु, नयाँ सत्ताहरु, जनअदालतहरु, जनकम्युन र जनसरकारहरुलाई साम्राज्यवाद तथा विस्तारवादको ग्राण्डडिजाइन र निर्देशनमा खारेज गरियो । जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु जबर्जस्त आत्मसमर्पण गर्न लगाएर विघटन गराइयो । जनताको रगतले साटिएका हतियारहरु प्रतिक्रियावादी सरकारलाई बुझाइयो । जनयुद्धको मागबमोजिम संविधानसभामार्फत् महान् नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यका साथ पहिलो ऐतिहासिक संविधानसभा निर्वाचन २०६४ द्वारा निर्माण गरिएको पहिलो संविधानसभालाई विघटन गरेर देशीविदेशी प्रतिक्रियावादीहरुको ग्राण्ड डिजाइन र निर्देशनमा कथित दोस्रो संविधानसभा निर्वाचनको नाटक मञ्चन गरेर प्रतिक्रियावादी संविधान निर्माण गरेर आफ्ना विदेशी महाप्रभुहरुलाई खुसी तुल्याउने काम प्रचण्ड – बाबुरामद्वारा गरियो ।
सर्वविधितै कुरा हो, त्यसपछि माओवादी आन्दोलन भित्र रहेका क्रान्तिकारीहरुले मोहन वैद्य किरणको नेतृत्वमा २०६९ असारमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी पार्टी निर्माण गरेर माओवादी आन्दोलनलाई पुनर्गठन गर्ने काम गरियो । तर, २०७१ साल मंसिरमा ड्यास माओवादी भित्र पनि विभाजन आयो र नेत्रविक्रम चन्द “विप्लव” को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी ( माओवादी) गठन हुन पुग्यो पछि त्यसले आठौं महाधिवेशनद्वारा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टीमा परिणत गर्न पुग्यो र अहिले माओवादी आन्दोलन भित्र क्रान्तिकारीका दुईवटा कम्युनिस्ट पार्टीहरु मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीहरु क्रियाशील छन् ।
अर्कोतिर प्रचण्डले नेतृत्व गरेको एमाओवादी नेकपा (माके) हुँदै पहिले नै प्रतिक्रियावादी बनिसकेको नेकपा (एमाले) भित्र विलय हुन पुग्यो । प्रतिक्रियावादी सरकारमा सामेल भएको छ । प्रचण्ड – बाबुरामले नेपाली क्रान्तिप्रति गद्दारी गरेर नेपाली जनतालाई ठूलो धोका दिएको भए तापनि मोहन वैद्य ‘किरण’ले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी माओवादी) विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले महान् नेपाली क्रान्तिको यात्रालाई अघि बढाइरहेका छन् । अहिले एकातिर क्रान्तिकारी माओवादी, नेकपा (मसाल), नेकपा (माले), नेकपा (माके) नेपाल कम्युनिस्ट पार्टी, देजमो नेपाल, राष्ट्रिय जनमोर्चालगायत नौ दलका बीचमा कार्यगत एकता कायम भइरहेका छन् । यो महान् नेपाली क्रान्तिका निम्ति सकारात्मक कुरा हो ।
२५ औँ जनयुद्ध दिवस मनाइरहेको अवस्थामा आज एउटा कुरा गर्न उजागर आवश्यक छ भने माथि पनि उल्लेख भइसकेको छ कि महान् दश वर्षे जनयुद्धको नेतृत्व समेत गरेर आएको प्रचण्डसहितको एउटा ठूलै तप्काका भने प्रतिक्रियावादी भइरहेको एमाले भित्र विलय हुन पुग्यो र आज त्यो शक्ति पनि पुराना एमालेसित काँधमा काँध थापेर क्रान्तिकारीहरूमाथि फासीवादी सत्ता चलाएर क्रान्तिकारीहरुमाथि भीषण दमनचक्र चलाउने, नेपाली जनतालाई तर्साउने काममा प्रतिक्रियावादीहरुको हतियार बन्न पुगेको छ
यतिबेला केपी ओली – पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको नामधारी कम्युनिस्टहरूको सरकार भनिएको फासीवादी सत्ताले करिब ११ महिना (२०७५ फाल्गुन २८) देखि विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर भीषण फासीवादी सत्ता सञ्चालन गरिरहेको छ र हजारौं नेता, कार्यकर्ताहरुलाई झुठ्ठा मुद्दाहरु खडा गरेर जेलमा सडाइरहेको छ । क्रान्तिकारी माओवादीलगायतका अन्य क्रान्तिकारी कम्युनिस्टहरूलाई पनि निगरानीमा राख्दै आएको छ । यो फासीवादी सत्ताले विप्लवले नेतृत्व गर्दै आएको नेकपामाथि प्रतिबन्ध लगाएको कुनै नौलो घटना पनि होइन, पहिलो पनि होइन । प्रतिक्रियावादी सत्ताहरुले पहिलेदेखि नै क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुमाथि प्रतिबन्ध लगाउँदै आएको छ । २००८ सालमै संस्थापक महासचिव कमरेड पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा नेपाली काँग्रेसको सरकारले प्रतिबन्ध लगाएको थियो । त्यस्तै २०१७ सालदेखि २०४६ सालसम्म निरंकुश राजतन्त्रको तानाशाही पञ्चायती व्यवस्थाले काँग्रेस ( कम्युनिस्टहरूलाइ प्रतिबन्ध लगाएको थियो । २०५२ देखि २०६२ सालसम्म नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कडा प्रतिबन्ध लगाएकै थियो । तर, उनीहरुको दमन, र प्रलोभनले नेपाली समाजको परिवर्तनलाई त रोक्न सकेका थिएनन् । २००७ साल, २०४६ र २०६२ सालमा उठेका जनआन्दोलनहरुले ठूलो राजनीतिक परिवर्तन ल्यायो । त्यस्तै दश वर्षेे जनयुद्धले नेपाली समाजमा ठूलो परिवर्तन ल्याएकै हो । सत्ताधारीहरुले जतिसुकै प्रयास गरेका भए पनि, जतिसुकै ठूलाठूला दमन गरेको भए पनि उनीहरुको कारणले जनयुद्ध समाप्त पार्न त सकेका थिएनन् ।
प्रतिक्रियावादीहरुले विप्लव नेतृत्वको नेकपा, क्रान्तिकारी माओवादीलगायतका क्रान्तिकारीमाथि जतिसुकै दमन गरे पनि महान् नेपाली क्रान्ति रोकिने छैन । जस्तोसुकै दमनहरुलाई परास्त गर्दै क्रान्ति अघि बढी छाड्छ । क्रान्तिको द्वन्द्ववाद यही नै हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु