महान्यायाधिवक्ता जेफ सेसन्स बर्खास्त

२०७५ कार्तिक २२ गते, बिहीबार

काठमाडौं, २२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत् महान्यायाधिवक्तालाई बर्खास्त गरेको जानकारी दिएका हुन् । उनले आफ्ना ‘चिफ स्टाफ’ म्याथ्यु ह्विटेकरलाई अस्थायी रुपमा महान्यायाधिवक्ताको जिम्मेवारी दिइएको जानकारीसमेत दिएका छन् । राष्ट्रपति ट्रम्पले सेसन्सले गरेको सेवाका लागि धन्यवाद दिँदै उज्ज्वल भविष्यको कामनासमेत गरेका छन् ।
यसैबीच सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका छन् । उनले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गरेका छन् । राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिँदै सेसन्सले आफू महान्यायाधिवक्ता पदमा रहँदा विधिको शासन पुनर्स्थापित गर्न र त्यसलाई कायम गर्न सकेको उल्लेख गरेका छन् । ह्वाइट हाउसलाई चिन्तित बनाएको अमेरिकी चुनावमा रुसको हस्तक्षेपसम्बन्धी अनुसन्धान प्रक्रियाबाट आफूलाई अलग्याएपछि कानुन कार्यान्वयन गराउने उच्च अधिकारी सेसन्सको ट्रम्पले पटक–पटक आलोचना गर्दै आएका थिए । सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कोको आरोपित हस्तक्षेपबारेको अनुसन्धानको ह्विटेकरले आलोचना गर्दै आएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु