महाकवि देवकोटाको पुर्ण कदको शालिककोलागी अभियान

२०७३ असार ४ गते, शनिबार

काठमाडौँ, ४ असार । महाकवि लक्ष्मी प्रसाद देवकोटाको पुर्ण कदको शालिक निर्माणकोलागी सिद्धार्थ साहित्य परिषद भैरहवाले अभियान नै थालेको छ ।
अभियान स्वरुप परिषदले संस्थाका अध्यक्ष डिल्लीराज भट्टराइको संयोजकत्वमा उपभोक्ता समिती, परिषदका आजिवन सदस्य विजय पाण्डेको संयोजकत्वमा अर्थ संकलन समिती, प्राज्ञ बुंद रानाको नेतृत्वमा मूल्यांकन तथा अनुगमन समिती बनाएको छ । सोही शिलसिलामा परिषदले शालिक निर्माणमा नैतिक र आर्थिक सहयोगकोलागी शनिवार भैरहवामा जम्मा भएका साहित्यकार र साहित्य अनुरागीसंग अपील समेत गरको परिषदका सचिव नरेश के.सी.ले जनाए ।
सिद्धार्थ साहित्य परिषदको १८७ औं सिद्धार्थ साहित्यीक संगमको अवसरमा गरिएको सो अपीललाई सहभागीहरुले भैरहवाको देवकोटा चौंकमा महाकविको पुर्ण कदको शालिक राख्नकोलागी तन मन धन का साथ एकबद्ध भएर लाग्ने सामुहिक प्रतिबद्धता जनाएका छन् ।
परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता, गजलकार रमेश समर्थनको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा परिषदका आजिवन सदस्य साहित्यकार विजय पाण्डेले देवकोटाको शालिक निर्माणमा सबैको एकताकोलागी प्रतिबद्धताको खाचों औल्याउदा सबैले एकबद्ध भएको संकेत व्यक्त गरेका हुन् । महाकवि देवकोटाको प्रतिमा निर्माण अर्थ संकलन समितीका संयोजक समेत रहेका पाण्डेले सिनपाका समाजसेवी व्यक्तित्वहरुबाट स्वतः स्फूर्त रुपमा अहिले सम्म सबालाख रकम सहयोग आइसकेको जनाए ।
देवकोटाको शालिक निर्माणमा करिब १० लाख भन्दा बढी लाग्ने इस्टीमेट सहित परिषदले सहयोगी दाता, साह्त्यि अनुरागी एवं साहित्यकारहरुबाट स्वतः स्फूर्त रुपमा सहयोगकोलागी आहवन गरेकोछ । अहिलेसम्म अर्थ संकलन समितीले सबा लाख, सिद्धार्थ साहित्य परिषदका कार्यसमिती सदस्य र सल्लाहकारले गरी जनही ३ हजारका दरले ५० हजार संकलन भइरहेको परिषदका कोषाध्यक्ष सीता काफ्लेले जनाइन् ।
कार्यक्रममा देवकोटाको शालिक निर्माणमा थयोचित सहयोग गर्न परिषदका उपाध्यक्ष रामबहादुर श्रेष्ठले सबैमा आग्रह गरेका थिए । प्राज्ञ बुंद राना, प्रा.डा. कपिल लामिछाने, मणिराम भट्टराई, भरत कुमार पोखरेल, नेवा खलका अध्यक्ष लता प्रधान, सिसासका अध्यक्ष तेज प्रसाद पन्थ, वनमालि निराकार, महाकवि मोदनाथ शास्त्री, ठाकुरचन्द्र शर्मा, हृदय लेकाली, योगनाथ आचार्य, उदयराम पौड्याल लगायतको आतिथ्यता रहेको उक्त कार्यक्रमको सन्चालन संगमका संयोजक परिषदका कार्यसमिती सदस्य लक्ष्मी अधिकारीले गरेका थिए । सोही अवसरमा स्रष्टाहरुले रचना बाचन समेत गरेका थिए ।

प्रतिक्रियाहरु