मलेसियाबाट फर्काइए अवैध नेपाली कामदार

२०७१ आश्विन १० गते, शुक्रबार


काठमाडौं । अवैध रुपमा मलेसियामा रहेका तीन सय ७७ जना नेपाली कामदार बिहीबार एअरएसियाको विशेष विमानबाट स्वदेश फर्किएका छन् ।
मलेसियाका लागि नेपालीराजदूत निरञ्जनमानसिंह बस्न्यातका अनुसार क्वालालम्पुरमा थुनामा रहेका ६०जनासहित तीन सय ७७ जना अवैध नेपाली कामदारलाई स्वदेश फर्काइएको हो ।बस्न्यातले जेलमा नपरेका, तर कम्पनी छाडेर अवैधानिक भइसकेका नेपाली कामदारलेलुकेर दूतावासमा आई एकतर्फी ट्राभल डकुमेन्ट बनाउने गरेको बताए । एकतर्फीट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको प्रहरीले पक्राउ गर्दैन ।

प्रतिक्रियाहरु