मलेसियाका मन्त्री नेपाल आउँदै

२०७१ भाद्र ४ गते, बुधबार

काठमाडौ, ४ भदौ । मलेसियाका मानव संशाधन मन्त्री दातुक रिचार्ड रियट जइम आज नेपाल आउँदै छन् ।नेपालको दुईदिने भ्रमणका क्रममा नेपाल आउन लाग्नुभएका जइमले मलेसियामा भएको आप्रवासी कामदारको विषयमा छलफल हुनेछ । नेपाल आउन लागेको मन्त्री नेतृत्वको ९ सदस्यीय टोलीसँग नेपालले कामदारका विषयमा विशेष प्रस्ताव राख्नेछ ।
नेपाली श्रमिकको हकहित संरक्षण, नेपालका वैदेशिक रोजगार व्यवसायीको त्यहाँका रोजगारदाता कम्पनीसँग प्रत्यक्ष सम्बन्ध, मलेसिया जान चाहने नेपाली कामदारले चर्को मूल्य तिर्नुपर्ने लगायतका विषयमा छलफल गरने श्रम मन्त्रालयका प्रवक्ता वुद्धिबहादुर खड्काले सीआइएनलाई जानकारी दिए ।

प्रतिक्रियाहरु