आज-भोलि लाग्छ कस्तो कस्तो – रंजित बुढा

२०७३ मंसिर १७ गते, शुक्रबार

सहिदहरु बाचे तर हामी मरे जस्तो
सहिदहरु फुलिरहदा हामी झरे जस्तो
आज भोलि लाग्छ मलाई कस्तो कस्तो
सहिदहरुले समुन्द्र तर्न सिकाए पनि
हामी दलदल फोहोरमा फसेजस्तो
उज्यालोको निम्ति राको बाल्ने हामी
अँध्यारो दुलातिर पसे जस्तो
चुचुरोमा पुग्ने हामी भङ्गालोमा खसे जस्तो
मलाइ लाग्छ आजभोली कस्तो कस्तो
हात खुट्टाहरु निष्क्रिय भए जस्तो

सबै कुरा अरुलाइ भनु भने
निराशावादी अनि पलायनवादी भन्लान
विचार स्खलन भएछ भनी भन्लान
वैचारिक वहसमा ठुला ठुला कुराहरु चल्दा
आफ्नो त घाटी नै विषालु सर्पले बेरे जस्तो
सहिदक फोटोहरुले गिज्याएर हेरे जस्तो
बोल्न त सकिन्छ हेर्न पनि सकिन्छ
तर, हिडौ भने पुरै शरीर रसिले बेरे जस्तो
आज भोलि किन लाग्छ मलाइ यस्तो
काठमाडौंको सडकहरु र बागमतिभन्दा
चन्द्रागिरिको चुचुरो होचो जस्तो

म आफैलाइ लाग्छ
जनयुध्दको कुरा गरेर बनेको ठालु जस्तो
काम गर्ने कालू मकै खाने भालु जस्तो
क्रान्तिको उपलब्धिको कुरा भै रहदा
उपलब्धिको रक्षा भन्दा प्रयोगको गरे जस्तो
जितिरहेको कुरा पनि आफै हारे जसो
सहिदका फोटोहरु अन्तै सारे जस्तो
जति जति हिड्यो उति ओरालो झरेजस्तो
आगो बाल्छु भन्दा ज्वालामा परेजस्तो
आजभोली किन लाग्छ मलाइ यस्तो
निरासाको बादलभित्र हराए जस्तो
आफनै आवाजबाट पनि डराएजस्तो
क्रान्तिको गीत गाइरहन मन लाग्दा लाग्दै
आफ्नै मण्डलिमा चिच्च्याएर कराए जस्तो

हामी प्राणको बाजी लगाएर
आफ्नो घर आफैले भत्काएर
सिङो संसार निर्माणको अभियानमा
हिड्यौ आफ्नै टाउकोमाआगो सल्काएर
तर
जीवन अर्पण गर्नेहरु इतिहासमा चम्किए
बाच्नेहरु अरबका तातो भुमितिर लम्किए
समयले हामिलाइ यसरी छुटायो कि
हामीसङ्गै हिडेका यात्रीहरु
कोहि खाडिमा उतै बसे जस्तो
कोहि खाल्डोमा यतै खसे जस्तो
आफू त नखाडी न खाडल
सहरको वीचैमा उभिएको सालिकजस्तो
अभिभावकबाट हराएको बालक जस्तो
लाइसेन्स बिनाको चालक जस्तो

प्रतिक्रियाहरु