मन्त्री सोडारी बर्खास्त

२०७५ कार्तिक २७ गते, मंगलवार

काठमाडौं , २७ कार्तिक । नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलको निर्देशनपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीलाई मन्त्री पदबाट बर्खास्त गरेका छन् । सोडारी पदीय मर्यादामा नबसेको र पार्टीको निर्देशनविपरीत काम गरेको भन्दै उनलाई बर्खास्त गरिएको स्रोतले जनाएको छ । उनी तिहारका बेला झन्डावाल गाडी दुर्घटनामा मुछिएका थिए । सोडारीका स्वकीयसचिव दीर्घ जोशीले सोडारीलाई मन्त्रीको जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् । सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नम्बरको जिप पूर्व–पश्चिम राजमार्गस्थित बढैपुरमा शुक्रबार राति दुर्घटना भएको थियो । दुर्घटनामा परी जिप चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, उनकै भान्जी नाता पर्ने १० वर्षीया आयुश्मा शाही र से३प २४२० नम्बरको मोटरसाइकलका चालक गौरीगंगा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएका थिए । मन्त्री चढ्ने गाडी र मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । गाडी दुर्घटना हुँदा सोडारी भने गाडीमा थिएनन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु