मनसुन सकिंदै

२०७३ आश्विन २७ गते, बिहीबार

काठमाडौ, २७ असोज । केही लम्बिएको मनसुन अब बाहिरिन थालेको छ । मध्य तथा पश्चिम क्षेत्रबाट मनसुन बाहिरिएको र अन्य क्षेत्रबाट पनि अब विस्तारै बाहिरिने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रमा अझै केही दिन मनसुन रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । सामान्यतयाः जेठको मध्येदेखि शुरु हुनपर्ने मनसुन यो वर्ष केही ढिला सुरु भएकाले पनि अहिलेसम्म मनसुन नसकिएको हो ।
वायुमण्डलमा अझै जलवाष्पयुक्त हावा भएकाले पनि अझै केही क्षेत्रमा पानी पर्ने हुन्छ । मनसुन अब सकिंदै जाँदा चिसो पनि बढ्दै जाने मौसमविद्हरु बताउँछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार