मनसुन भित्रियाे !

२०७६ असार ५ गते, बिहीबार

काठमाडौँ , ५ असार । गत वर्षकाे तुलनामा यसपटक ११ दिन ढिलाेगरी नेपालमा यस वर्षकाे मनसुन भित्रिएकाे छ । पूर्वी भेगबाट मनसुन भित्रिएको भए पनि औपचारिक घोषणा भने गरिएको छैन । मनसुनी हावाको प्रभाव पूर्वी भेगदेखि देशका मध्य भेगसम्म देखिन थालेको माैसमविद्हरूकाे भनाइ छ । गत वर्ष जेठ २५ मै नेपालमा मनसुन सुरु भएको थियो । मेघगर्जन र हावाहुरी नभई स्थिर खालको पानी पर्न थालेपछि मनसुन सुरु भएको मानिन्छ ।
गएरातिदेखि नै पूर्वी भेगदेखि काठमाडौं उपत्यकासहित मध्य भागमा यो खालको वर्षा शुरु भएको हो । यो वर्ष मनसुन अवधिमा प्रदेश १, २, ३ र ५ मा औसत भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशमा भने यो वर्ष औसतभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । बिहीबार सबैजसो भागको मौसम आंशिकदेखि सामान्य बदली भई पूर्वी भेगका अधिकांस स्थान र मध्य तथा पश्चिमका केही स्थानमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपाल टेलिकमको स्प्रिङ अफर सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

अमेरिकामा ठूलो भूकम्पको चेतावनी !

२०८० चैत्र २९ गते, बिहीबार