मनमोहन अधिकारीको स्मृति दिवस मनाईंदै

२०७५ बैशाख १३ गते, बिहीबार

काठमाडौं, १३ बैशाख । आज नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारीको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । अधिकारी २०५१ सालमा देशको पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । उनी नेतृत्वको ९ महिने सरकारले लोकप्रिय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ । पढाइको सिलसिलामा भारतको बनारसमा हुँदादेखि नै उनी राजनीतिमा सक्रिय भएका थिए ।१९७८ सालमा काठमाडांैमा जन्मिएका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
‘भारत छोड’ आन्दोलनको क्रममा उनी बनारस जेल परेका थिए । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसँगको सम्पर्कमा उनी कम्युनिष्ट पार्टीमा संगठित भएका थिए । २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले सम्हालेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए ।

प्रतिक्रियाहरु