मधेसी मोर्चा असन्तुष्ट

२०७३ भाद्र १२ गते, आईतवार

काठमाडौ, १२ भदौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यसअघि सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग भएको सम्झौता कार्यान्वयनका विषयमा दवाव दिन सरकारको ध्यानाकर्षण गराउन लागेको छ । मोर्चाका नेताहरुले आज उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र नीधिलाई भेटेर सरकारसँग असन्तुष्टि राख्ने भएका छन् ।
यसअघि भएको छलफलको निस्कर्षसहित आज आफ्ना मागका विषयमा दवाव दिने मोर्चा नेताहरुले बताएका छन् । भेटवार्ता दिउँसो २ बजे गृह मन्त्रालयमा हुनेछ । साउन १९ गते भएको सहमतिअनुसार पहिलो बुँदा कार्यान्वयनमा चासो नदेखिएको र दोस्रो बुँदा पनि अपुरो रहेको भन्दै मोर्चाले असन्तुष्टि जनाइरहेको छ । आन्दोलनका क्रममा घाइते भएकाको उपचारमा लागेको खर्च, मुद्दा फिर्ता बाँकी रहेकालाई सहिद घोषणा गर्न सरकारसँग मोर्चाको माग रहेको छ ।तमलोपाका उपाध्यक्ष वृषेशचन्द्र लालले सरकारले आज दिने प्रतिक्रियापछि मोर्चाले रणनीति तय गर्ने बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु