मधुमेहको लक्षण र बच्ने उपाए

२०७१ आश्विन ४ गते, शनिबार


काठमाडौँ । बिहान खाली पेटमा रगत जाँच्दा रगतमा चिनीको मात्रा १२६ मिल्रि्रामभन्दा बढी देखियो भने ब्लड सुगर बढेको मानिन्छ । यदि १०० देखि १२६ मिल्रि्रामको बीचमा देखियो भने मधुमेह रोग लाग्ने सम्भावना बढेकोे मानिन्छ । त्यस्तै खाना खाएपछि सुगर दर्ुइ सय भन्दा बढी देखिएमा पनि ब्लड सुगर बढेको मानिन्छ । १४० देखि १९९ सम्म भएमा मधुमेहको जोखिम मानिन्छ । यो अवस्था पत्ता लगाउन रगत जाँच्नै पर्ने हुन्छ । रगतमा ग्लुकोजको मात्रा १८० मिल्रि्राम भन्दा बढी पुगेको अवस्थामा मात्र पिसाब जाँचेर डाइबिटिज पत्ता लगाउन सकिन्छ । एउटा स्वस्थ व्यक्तिको रगतमा ग्लुकोजको मात्रा नियन्त्रित हुन्छ । ८-१० घण्टा मानिस भोकै रहँदा पनि रगतमा ग्लुकोजको मात्रा ७०र१०० मिल्रि्रामको बीचमा रहन्छ भने खाना खाएको २ घण्टामा जाँच्दा यो मात्रा करीब १४० मिल्रि्रामसम्म पुग्न सक्छ । मानिसले खाएको खाना शरीरभित्र ग्लुकोजमा परिवर्तन हुन्छ । मानव शरीरको प्रमुख शक्तिको स्रोत ग्लुकोज हो । ग्लुकोजलाई रगतबाट कोशिकाभित्र प्रवेश गराउने काम इन्सुलिन नामक हर्मनले गर्छ । इन्सुलिन पेटको प्यान्त्रिmयाज भन्ने ग्रन्थीले उत्पादन गर्छ । यो ग्रन्थी रोगग्रस्त भएको अवस्थामा पर्याप्त मात्रामा इन्सुलिन उत्पादन हुन सक्दैन । फलस्वरूप ग्लुकोज कोशिकाहरूभित्र प्रवेश गर्ननसकी रगतमै थुप्रिएर बढ्दै जान्छ र पिसाबबाट बाहिर निस्कन्छ थाल्छ । यसले गर्दा शक्ति उत्पादनमा प्रयोग हुनुपर्ने ग्लुकोज त्यत्तिकै खेर जान थाल्छ । यो अवस्थामा रगतमा ग्लुकोजको मात्रा अत्याधिक बढेको हुन्छ भने कोशिकाहरूमा शक्तिको उत्पादन हुन नसकेर शरीर कमजोर हुँदै जान्छ । यही अवस्थालाई डाइबिटिज वा मधुमेह भनिन्छ । यसरी रगतमा ग्लुकोजको मात्रा बढ्दै गएपछि मुख सुक्ने, बढी तिर्खा लाग्ने र धेरै पिसाब लाग्ने जस्ता लक्षण देखिन थाल्छन् । पिसाबमा ग्लुकोज जान थालेपछि दुब्लाउदै जाने, भोक बढी लाग्ने, हातखुट्टा झमझम गर्ने जस्ता लक्षण देखिन थाल्छन् । मधुमेहलाई हामी चार किसिममा गर्वीकरण गर्नसक्छौं ।
यसमा इन्सुलिनको उत्पादन शुन्य हुन्छ । त्यसैले यसलाई इन्सुलिनमा निर्भ रहने मधुमेह भनिन्छ । यो कुल मधुमेह रोगीको करीब १० प्रतिशतमा पाइन्छ । यो प्रायः बालबालिका र दुब्ला मानिसमा बढी देखिन्छ । यसमा मधुमेहको लक्षण पनि छिटो देखापर्छ । यसमा इन्सुलिन र्सर्ुइ लिनर्ैपर्ने हुन्छ । छिनछिनमा पिसाव लाग्ने, प्यास बढी लाग्ने, भोक धेरै लाग्ने, तौल अचानक घट्ने, अधिक थकान महसुस हुने यसका लक्षण हुन् । यो मधुमेह प्यान्त्रिmयाजमा भाइरसको संक्रमण, अटो इम्युन ९ आर्फर ५ प्रतिशत जति वंशाणुगत कारणले हुन्छ । यो अधिकांश आफंै हुने मधुमेह भएकाले यसबाट बँच्ने कुनै उपाय हुँदैन ।
यसमा इन्सुलिनको उत्पादन पर्याप्त मात्रामा हुँदैन र इन्सुलिनले उचित मात्रामा काम पनि गर्नसक्दैन । यसलाई इन्सुलिनमा निर्भर नरहने मधुमेह पनि भनिन्छ । यो मधुमेह नेपालमा सबैभन्दा बढी देखिएको छ । यो करीब ९० प्रतिशत मधुमेह रोगीमा पाइन्छ । यो प्रायः ४० वर्षन्दा बढी उमेरका मानिसलाई देखिने भए पनि केहीलाई २० बर्षा पनि देखिएको छ । यो मोटोपना र अस्वस्थकर जीवनशैलीबाट बढी हुने भएकाले यसलाई नियन्त्रण गर्नसकिन्छ । यो मधुमेह केहीलाई वंशाणुगत कारणले पनि हुन्छ । यदि बंशजमा छ भने जीवनशैली परिवर्तन गरे केही हदसम्म यसबाट बँच्न सकिन्छ । यो ३० देखि ५० प्रतिशतलाई कुनै पनि लक्षण बिना नै देखिन सक्छ । शरीर कमजोर हुने, खुट्टा झमझम गर्नु, पिसाबमा कमिला लाग्ने, लामो समयसम्म घाउ निको नहुने यसका लक्षण हुन् । समयमै ध्यान दिए यो मधुमेहबाट बच्न सकिन्छ । जीवनशैली परिवर्तन, शारीरिक व्यायाम, तौल नियन्त्रण, सर्ूर्तीजन्य पदार्थको प्रयोग नगर्ने, चिल्लो तथा नुनिलो कम गर्ने, तनाव नलिने र खानपानमा ध्यान पुर्याउँदा यसबाट बच्न सकिन्छ ।
मधुमेहका असरलाई अल्पकालीन र दिर्घकालीन गरी २ भागमा बाडिन्छ । अल्पकालीन असर सुगर कम हुने समस्या हो । यसले रगतमा ग्लुकोजको मात्रा घट्न गई बिभिन्न समस्यामा हात काम्ने, बान्ता हुने, टाउको दुख्ने, मुटुको धडकन बढ्ने, शरीरको तापक्रम घट्ने जस्ता समस्या देखिन्छ । समयमा खाना नखाँदा, रक्सी सेवन गर्दा, औषधि वा इन्सुलिनको धरै मात्रा भएमा सुगरको मात्रा घट्न जान्छ । टाइप एक मधुमेहको अल्पकालीन असरमा समयमै इन्सुलिन लगाएन भने बेहोस भएर ज्यान जान सक्ने खतरा हुन्छ । केही बिरामीमा चिनीको मात्रा बढ्ेर पिसाबको संक्रमण, निमोनिया आदि हुनसक्छ । उच्च रक्तचाप र मधुमेह समान प्रकृतिका रोग हुन् । यी दुवै रोग लागेको खण्डमा शरीरका अङ्गहरूलाई २ देखि ४ गुणा बढी नकारात्मक प्रभाव पर्छ । हृदयाघात, मस्तिष्कघात, मिर्गौलाघात, दृष्टिघात र अङ्गघात हुने सम्भावना एकदमै बढेर जान्छ । यस कारण रोगको गम्भीरता बुझनु आवश्यक छ । मुख बारेर, व्यायाम गरेर, औषधि खाएर पनि मधुमेह नियन्त्रणमा आएन भने इन्सुलिन र्सर्ूइ लगाउनु पर्छ । इन्सुलिन र्सूइले अङ्ग बिग्रिने क्रम रोक्छ र रगतमा चिनीको मात्रा राम्ररी नियन्त्रण गर्छ । त्यसैले इन्सुलिन लगाउन डराउनु पर्दैन । कतिपय बिरामीहरू इन्सुलिन लगाउन डराउने गरे पनि इन्सुलिन लगाउन डराउनु पर्दैन । रगतमा ग्लुकोजको मात्रा बढ्ने तर लक्षण नदेखिएमा बिरामीले औषधि उपचारतर्फध्यान दिँदैन । उपचार नगराएको खण्डमा अलि-अलि बढेको ग्लुकोजले पनि आँखामा असर पारी अन्धो बनाउन सक्छ, दिमागमा असर पारी प्यारालाइसिस गराउन सक्छ, मुटुमा असर पारी हर्टअट्याक वा हर्टफेलिएर गराउन सक्छ । मिर्गौलामा असर पारी किड्नी फेलियर गराउन पनि सक्छ । यस्तो परिणाम मधुमेह देखा परेको एक वर्षभत्रै पनि देखिन सक्छ । यसकारण मधुमेहको उपचार जति सक्यो चाँडो शुरु गर्नुपर्छ । त्यसैले मुधमेहका बिरामीले प्रत्येक ६-६ महिनामा आँखा, दिमाग, मुटु, मिर्गौला आदिको परीक्षण गराउनुपर्छ ।
दीघकालीन मधुमेहले आँखामा पनि असर गर्छ । जसमध्ये सबैभन्दा भयानक आँखाको पर्दा -रेटिना)मा पार्ने असर हो । जसलाई डायबेटिक रेट्नोप्याथी भनिन्छ । आँखामा विशेष प्रकारको रगतको नशा हुन्छ । मधुमेहले रगतको नलीमा असर पारेमा नलीबाट केही पनि कण बाहिर निस्किन पाउँदैन । जसले गर्दा रगतको नलीबाट विस्तारैविस्तारै चिल्लो पदार्थ निस्किन थाल्छ । यो चिल्लो पदार्थ आँखाको रेटिनामा जम्न थाल्छ । यसरी जम्दै जाँदा आँखाको देख्ने शक्ति कम हुँदै जान्छ । अर्को असर भनेको मधुमेहले आँखामा रहेका साना-साना रक्तनली बन्द गराउँछ । जसले गर्दा रेटिनामा रगत पुग्दैन र रेटिनाले रगत माग गर्छ । जसले गर्दा नयाँ-नयाँ मसिना रगतका नली बढ्दै जान्छन् । यसरी बढ्दै जाँदा रगतका नली फुट्न गई आँखामा रक्तश्राव हुनथाल्छ र दृष्टिशक्ति नै गुम्छ ।
मधुमेहको असर स्नायुमा पनि देखिन्छ । यो एक तिहाई मधुमेहका बिरामीमा अन्यलाई भन्दा चाँडो देखिन्छ । मधुमेहको प्रत्यक्ष असरमा मष्तिस्कघात हुन जान्छ भने अप्रत्यक्ष रूपमा पनि नसामा विभिन्न क्षती पुर्याउँछ । यसले नशामा असर पुर्याउँदा हातखुट्टा झमझम गर्ने, पोल्ने र असहज महसुस हुने, आन्द्राको प्यारालाइसिस, राति पसिना आउने, छाला सुख्खा हुने हुन्छ । नशाका तीनवटै प्रणालीमा मधुमेहको असर हुन्छ ।
मधुमेहको असर मिर्गौलामा निकै खतरनाक हुन्छ । पछिल्ला दिनमा मृर्गौला फेल हुने कारणमध्ये ५० प्रतिशत कारण मधुमेह मानिन्छ । सामान्यतयाः मधुमेह भएका विरामीको दशदेखि पन्ध्रवर्षभत्र मिर्गौला खराब हुने सम्भावना बढी हुन्छ । टाइप वान डायबिटिज भएका ३५ देखि ४० प्रतिशत विरामीलाई कुनै न कुनै खालको मिर्गाैला रोगको संभावना हुन्छ । टाइप टु मधुमेह भएका ५ देखि १० प्रतिशत विरामीको मिर्गौला खराब हुनसक्छ । यर्सथ मधुमेहका बिरामीले प्रत्येक ६/६ महिनामा मिर्गौलाको जाँच गराइरहनु पर्छ । मधुमेहका बिरामीको रगतमा कोलेस्टेरोलको मात्रा बढी हुन्छ । यसले रगतको नली थुनिएर हृदयाघातको खतरा बढी हुन्छ । यसमा हृदयाघात हुँदा बिरामीको छाती दुख्दैन । त्यसैले यसलाई सूक्ष्म हृदयाघात भनिन्छ । यस्तो हृदयाघातको मृत्युदर बढी हुन्छ ।
लामो समयसम्म मधुमेहको नियन्त्रण नहुँदा यौन क्षमतामा ह्रास आउँछ । यसका लागि मधुमेह र उच्च रक्तचाप ठिक राख्नर्ुपर्छ । प्रायः उच्च रक्तचापको औषधिले यस्तो समस्या देखिन्छ । यस्तो समस्या देखिएमा चिकित्सकको सल्लाह लिनर्ुपर्छ ।
मधुमेहका लक्षणहरू
प्यास बढी लाग्ने, पिसाब बढी हुने, भोक बढी लाग्ने, दुव्लाउने, आँखाको दृष्टिमा खराबी, घाउ निको नहुने, हातखुट्टा झमझम गर्ने, पिसाब फेरेको ठाउँमा कमिला लाग्ने ।

प्रतिक्रियाहरु